अफगानिस्तानमा बाढी–पहिरोका कारण १८० भन्दा बढीको मृत्यु « Khabarhub

अफगानिस्तानमा बाढी–पहिरोका कारण १८० भन्दा बढीको मृत्यु


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानमा पछिल्लो एक महिनामा आएको बाढीका कारण १८० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै तीन हजार घरमा पूर्ण रूपमा क्षति भएको सरकारी प्रवक्ताले बिहीबार बताएका छन् ।

जबीहुल्लाह मुजाहिदले पूर्ववर्ती सरकारले पूर्वाधारको अव्यवस्थापन गरेका कारण क्षतिको परिमाण अस्वभाविक भएको बताए ।

मुजाहिदले काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यदि बाढी र क्षति बढ्दै गयो भने इस्लामिक इमिरेट्स अफ अफगानिस्तानसँग यी सबै कुराको सामना गर्न त्यति धेरै स्रोत छैन ।’

धेरै प्रान्तमा भारी वर्षा भएको छ र देशको पूर्वी क्षेत्रमा बाढीको अत्यधिक असर परेको छ ।

विशेषगरी अफगानिस्थानका गरिब ग्रामीण क्षेत्रमा कमजोर संरचनामा निर्माण गरिएका घरहरू बाढीका कारण सजिलै ढल्न सक्छन् । मुसलधारे वर्षाका कारण हरेक वर्ष दर्जनौं अफगानीको मृत्यु हुने गरेको छ ।

तालिवानले अफगानिस्तान कब्जा गरेपछि नै देश आर्थिक र मानवीय संकटमा फसेको छ, विदेशमा रहेको अर्बौंको सम्पत्ति रोक्का हुनुका साथै सहायता कोष कटौतीका कारण यो झनै विकराल बनेको छ ।

तालिबानले अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी मुस्लिम मुलुकहरूलाई बाढी पीडितहरूको आवश्यकता पूरा गर्न सरकारलाई सहयोग गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ८ : १० बजे

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको