टाइगर श्राफ र दिशा पटानीको ब्रेकअप ! « Khabarhub

टाइगर श्राफ र दिशा पटानीको ब्रेकअप !


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड स्टार्स दिशा पटानी र टाइगर श्राफ लामो समयदेखि प्रेम सम्बन्धमा थिए । यही कारण यी दुईको चर्चा भइरहन्थ्यो । यतिसम्म कि, यी दुई प्रायः कार्यक्रममा पनि एकसाथ देखिन्थे ।

भारतीय मिडियाले अहिले भने दिशा र टाइगरको ब्रेकअप भएको खुलासा गरेका छन् । यी दुईले अब अलग हुने निर्णय गरेको भारतीय मिडियाले लेखेका छन् ।

भारतीय मिडियाहरूले स्रोतका हवाला दिँदै लेखेका छन्, टाइगर र दिशा छुटिनुको कारण यी दुईबीच लामो समयदेखि केही कुरामा मतभेद थियो ।

उक्त मतभेदलाई यी दुईले मिलाउने प्रयास पनि गरेका थिए । मतभेद यथावत् रहेपछि दुवैले निर्णय गरेका छन् कि, अब यी दुई प्रेमी प्रेमिकाका रुपमा भन्दा पनि साथीका रुपमा रहनेछन् ।

दिशाले केही समयअघि एक अन्तर्वार्तामा आफूलाई टाइगर मन पर्ने र उनको दिल जित्न निकै मुस्किल भएको बताएकी थिइन् । खासमा दुईको सम्बन्धलाई उनीहरूले मिडियामा स्वीकारेका थिएनन् । तर, दुवै एकदमै नजिक भने थिए । दिशा र टाइगरलाई फिल्म ‘बागी २’ मा पहिलोपटक एकसाथ देखिएका थिए ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ११ : ४३ बजे

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने

सुकुम्वासी भन्छन्- शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभए काठमाडौं छाड्दैनौँ

काठमाडौं– विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरूले शिक्षा, स्वास्थ्य र

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

काठमाडौं–  ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने