राजनीतिमा आउन चाहन्छिन् एन्जेलिना जोली ? « Khabarhub

राजनीतिमा आउन चाहन्छिन् एन्जेलिना जोली ?


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफू राजनीतिमा आउन सक्ने संकेत दिएकी छिन् । उनले कलाकार–निर्देशकबीच हालै भएको एक साक्षात्कार कार्यक्रममा आफू राजनीतिमा आउने सक्ने बताएकी हुन् । उनी केही समययता राजनीतिमा इन्ट्री गर्ने सक्ने चर्चा चलेको थियो ।

एक पत्रकारले सोधेको प्रश्न दिँदै जोलीले भनेकी छिन्, ‘साँच्चै भन्ने हो भने २० वर्ष पहिले मलाई कसैले यही सोधेको भए शायद म हाँस्दी हुँ, मैले सधै भनेँ, म त्यहीँ जानेछु, जहाँ मेरो आवश्यकता छ ।’

उनले आफूलाई राजनीतिमा आउनु ठीक भएको या नभएको भन्नेमा अझै भन्न नसकिए पनि शायद आफूमा राजनीतिज्ञमा हुनुपर्ने प्रतिभा भएको हुनसक्ने बताइन् । उनले भनिन्, ‘म जुनसुकै चुनौतीका लागि पनि तयार छु ।’

जोलीको वैवाहिक जीवन खासै सफल छैन । ४३ वर्षीय जोलीले आफ्नो जीवनकालमा ३ बिहे गरिन् तर ती कुनै पनि सफल हुन सकिनन् । उनी पछिल्लो समय हलिउड अभिनेता ब्राड पिटसँग सम्बन्धमा थिइन् । पछि उनले ब्राडसँग पनि पारपाचुके गरेकी थिइन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १२ : २८ बजे

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने