नेसनल किड्सले देखाए प्रतिभा « Khabarhub

नेसनल किड्सले देखाए प्रतिभा


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोश्रो नेशनल किड्स अफ द इयर २०२२ का प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । काठमाडौँमा सम्पन्न ट्यालेन्ट शोमा सिनियर र जुनियर प्रतिस्पर्धीहरूले नृत्य, गायन, कविता वाचन, चित्रकला, अभिनयजस्ता विविध कला प्रस्तुत गरे ।

ट्यालेन्ट शोको निर्णायकमा नेपालका राष्ट्रिय फुटबल टिमका पूर्व क्याप्टेन हरि खड्का, वरिष्ठ कलाकार वीरेन्द्र हमाल, अभिनेत्री एनी कुँवर, अभिनेता गजित बिष्ट, उद्यमी खुसी पाठकलगायत थिए ।

इभेन्ट बेटर ग्यालेक्सीको आयोजनामा हुँदै गरेको यो प्रतियोगिताको फाइनलमा ४४ जना प्रतिस्पर्धी रहेको छन् । स्वस्तिका राजभण्डारीको कोरियोग्राफीमा अहिले प्रतिस्पर्धीहरू विभिन्न प्रशिक्षणहरू लिइरहेका छन् ।

प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई सोफिया महर्जन कार्कीले पब्लिक स्पिच, वरिष्ठ कलाकार वीरेन्द्र हमालले बडी ल्याँग्वेज र अभिनय, लिजा श्रेष्ठले डान्सको प्रशिक्षण दिइरहेका छन् ।

आयोजक संस्था इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकारका अनुसार कोरोनाको महामारीपछि बालबालिकाहरूको व्यक्तित्व विकास र उनीहरूको प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता आयोजना गरिएको हो ।

नेशनल किड्स अफ द इयरको चयन आगामी २५ भदौमा काठमाडौँको थापाथली स्थित ब्लुबर्डको फायरिङ प्यानमा भव्य समारोहबीच हुने भएको छ । सिनियर र जुनियर गरेर यो प्रतियोगितामा ४ जना विजेता चयन हुनेछन् ।

यो प्रतियोगितामा देभान्सी जोधानी, दिभ्याँगना ड‌ंगोल, लिवाना तुलाधर, नियाना अग्रवाल, प्राश्ना कोइराला, एन्जल केसी, एशिला श्रेष्ठ, स्नेहा शाक्य, आरध्य जोशी, शान्भी भट्टराई, साम्राज्ञी बुढाथोकी, आर्या महर्जन, युरिका प्रधान, अल्बिन राज्यलक्ष्मी राणा, श्वेता नगरकोटी, आर्या शाक्य, रोजश्री केसी, सदीक्षा श्रेष्ठ, श्रीता पौडेल रहेका छन् ।

यस्तै हिमांसु क्षत्री, विभान अग्रवान, र्‍युस शिल्पकार, उक्सिद साया प्रजापति, सम्राट श्रेष्ठ, स्पन्द विसी, युग श्रेष्ठ, लक्ष्य जैन, सुहास पुन, सुप्रभ हाडा, सक्सेस जमकट्टेल, विपश्वी श्रेष्ठ, लिभा शाक्य, साइरा भट्ट, आश्रीया भट्टराई, श्रेयसी पन्डित, सुनिभा पाण्डे, निभिका दुवाल, सुहान पुन, सार्थक केसी, अग्रिम बिक्रम सिजापति, आर्नभ श्रेष्ठ, दिब्यरत्न डँगोल, राहुल केसी, प्रमाण श्रेष्ठ पनि अन्तिम प्रतिस्पर्धीका रुपमा रहेका छन् ।

यो प्रतियोगिताको बिजेताले जनही २५ हजार रुपैयाँ विदेशमा हुने अन्तर्राष्ट्रिय बाल पेमेन्टमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ११ : ०१ बजे

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित