ङादी खोलामा १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण हुने « Khabarhub

ङादी खोलामा १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण हुने


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिकाको ङादी खोलामा हव पावर प्रालिले १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

पानीलाई १८३६.५० मिटर लामो हेडरेस सुरुङ र ४१९ मिटर लामो पेनस्टक पाइपमार्फत् सतही विद्युतगृहमा पुर्‍याइनेछ ।  आयोजनाको अध्ययन पूरा भएकोले उत्पादन अनुमति पत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

यही क्रममा विद्युत् विकास विभागले कम्पनीलाई उत्पादन अनुमति पत्र दिने तयारी गरिरहेको छ । विभागले अनुमति पत्र जारी गर्नुअघि सूचना प्रकाशन गरेर आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ ।

सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह  गरेको छ । आयोजनाको मुख्य सूचनाहरू खोलाको बायाँ किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

आयोजनाबाट निर्माण सुरु गरेको ३ वर्षमा उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीको छ । आयोजना पूरा भएपछि वार्षिक ७७.६६८ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् १३२ केभी लाइनमार्फत ४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको टारीकुना सबस्टेसनमा जोडिनेछ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ११ : ०५ बजे

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको