अटवारी पर्व : कैलाली र कञ्चनपुरमा पर्सि सार्वजनिक बिदा « Khabarhub

अटवारी पर्व : कैलाली र कञ्चनपुरमा पर्सि सार्वजनिक बिदा


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी- कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यही भदौ १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेर भदौ १२ गते कायम गरेको हो । यसअघि २०७८ चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले अटवारी पर्वको बिदा भदौ १९ गते दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले सो बिदा दिने निर्णय गरेको हो । आइतबारका दिन कैलाली र कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत विष्णुदत्त अवस्थीले बताए।

तिथिमिति अनुसार अटवारी पर्व भदौ १२ गते परेको भन्दै थारु कल्याणकारिणी सभा कैलालीले बिदाको मिति संशोधन गर्न माग गरेको थियो । प्रदेश सरकारको सो निर्णयलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १२ : २० बजे

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट

सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध

हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा

आईपीएल : वैभव सूर्यवंशीले ३६ बलमै पूरा गरे शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा सनराइजर्स

आईपीएल : बल समात्ने क्रममा लुंगी एङ्गिडी घाइते, खेल १५ मिनेट रोकियो

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली र

‘युट्युब’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण

म्याग्दी – यहाँको मालिका गाउँपालिका–५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन