फिल्मले ५१ दिन मनाउनु कलाकारका लागि उर्जा पनि हो: आँचल शर्मा « Khabarhub

फिल्मले ५१ दिन मनाउनु कलाकारका लागि उर्जा पनि हो: आँचल शर्मा


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘दाल भात तरकारी’ ले राजधानीका केही सिङ्गल थिएटर हलमा ५१ औँ दिन मनाउन सफल भयो । फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ निरुता सिंह, बसुन्धरा भुसाल, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत लगायका कलाकारको शीर्ष भूमिका थियो ।

समीक्षात्मक रुपमा मिश्रित टिप्पणीका बावजूद यो कमेडी फिल्मले ५१ औँ दिन मनाएपछि कलाकारले खुशी साटेका छन् ।

फिल्ममा पुष्प खड्का र आँचल शर्माले जोडीका रुपमा देखिएका छन् । फिल्मले ५१ औँ दिन मनाएको खुशी साट्ने क्रममा नायिका आँचल शर्माले नेपाली फिल्म नचलिरहेको अवस्थामा फिल्मले गरेको व्यापारले आफूलाई निकै खुशी दिएको बताइन् ।

‘जस्तो जे गाली खाएर भए पनि, राम्रो नराम्रो, नुन पुगेको लगायतका टिप्पणी आउँदा ५१ दिन मनाएकोमा हामीलाई खुशी लागेको छ, फिल्मले ५१ औँ दिन मनाउनु भनेको हाम्रो लागि उर्जा पनि हो,’ आँचलले भनिन् ।

यसअघि आँचल अभिनित फिल्म ‘शत्रु गते’ ले पनि केही सिनेमा घरमा ५१ दिन मनाउन सफल भएको थियो । यता ‘दाल भात तरकारी’ ले ५१ औँ दिन मनाएपछि आँचल थप मख्ख छिन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १२ : ४८ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप