वर्षात्ले सडक बिग्रिएपछि सुनसान 'चमेरे गुफा' | Khabarhub Khabarhub

वर्षात्ले सडक बिग्रिएपछि सुनसान ‘चमेरे गुफा’


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटस्थित पर्यटकीयस्थल चमेरे गुफा हिजोआज सुनसान छ । वर्षात्ले गर्दा गुफासम्ममा पुग्ने सडक बिग्रिएपछि त्यहाँ पर्यटकलाई पुग्न असहज हुने गरेको छ । 

मोटरसाइकल छिटफुटरुपमा जाने गरेको भए पनि गाडी जान सम्भव नहुँदा पनि पर्यटक आवतजावत गर्न समस्या हुने गरेको छ । दक्षिण एशियाकै दोस्रो ठूलो चमेरे गुफा भनेर दाबी गरिएको भए पनि त्यहाँसम्म पुग्ने सडक पक्की नहुँदा हरेक वर्ष वर्षात्मा त्यहाँ पर्यटक जाने गर्दैनन् । हिउँदका समयमा पर्यटकको घुइँचो लाग्ने गरेको त्यो स्थान हिजोआज सुनसान हुने गरेको  गुफामा कार्यरत कर्मचारी सीताराम पुनले बताए । ‘हिउँदमा धेरै जना आँउछन्, भिडभाड धेरै हुन्छ’, उनले भने, ‘तर हिजो आज त हप्तामा पाँच/सात जनाभन्दा बढी आउनसक्ने अवस्था छैन।’  

हिजो आज त्यहाँ पुग्नलाई निकै समस्या हुने गरेको आन्तरिक पर्यटक सुमित्रा आचार्यले बताए । ‘हामी आउँदा निकै सङ्घर्ष गर्नुपर्‍यो, सडकको बीचमा खाल्डाखुल्डी छन्’, उनले भने। चमेरे गुफा पुग्नलाई तुलसीपुर उपमहानगरपालिकाको वडा नं ३ को हर्नेटी हुँदै वडा नं ४ को केही भाग पर्छ । अधिकांश भाग वडा नं ३ मा पर्छ । यी दुवै वडाको समन्वयमा गुफासम्म पुग्ने सडक पक्की बनाउने विषयमा छलफल भइरहेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले बताए । ‘हामीले वडा नं ३ को वडाध्यक्षसँग पनि छलफल गरिरहेका छौँ’, उनले भने, ‘दुईवटै वडाको संयुक्त पहलमा सडक पक्की बनाउने काम हुन्छ ।’

अहिलेसम्म चमेरे गुफाको सडक तथा अन्य संरचनाका लागि प्रदेश सरकारले  ६५ लाख, सुजिता शाक्य फाउन्डेशनले १० लाख बजेट आएको छ । साथै चालु वर्षका लागि पर्सेनी हुँदै चमेरे गुफा पुग्नका लागि  ७५ लाख बजेट विनियोजन भएको छ । 

उक्त गुफा २० वर्षअघि फेला परेको हो । ३० मिटर उचाइ, लम्बाइ १६ मिटर र चौडाइ सात मिटर रहेको छ भने तीन वटा तला रहेको छ । गुफामा एक हजार बढी मान्छे अट्ने आकारमा रहेको छ । गुफामा भएको पुरातत्वलाई अझै पनि पत्ता लगाउन सकिएको छैन ।  गुफामा एक हजार वर्ष पुराना अभिलेख फेला परेका छन् । गुफाभित्र परापूर्वककालका विभिन्न आकृति र स्तूप रहेका छन् ।

केही वर्षअघि स्थानीयको सक्रियतामा पहिलो पटक गुफाको चिरानीका लागि महोत्सव लगाइएको थियो । उक्त गुफा समुद्र सतहदेखि एक हजार दुई सय ३० मिटरको उचाइमा रहेको चमेरे गुफा ऐतिहासिक, धार्मिक महत्व बोकेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १२ : ३१ बजे

जुम्लाका किसानलाई मार्सीधान भित्र्याउन चटारो

जुम्ला – यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ ।

सरकारलाई वर्षमानको प्रश्न : रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ? 

रोल्पा– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पूर्वगृहमन्त्री

प्यालेस्टाइनी प्रशासनका राष्ट्रपतिलाई भ्लादिमिर पुटिनको निम्तो 

काठमाडौं– रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्यालेस्टाइनी प्रशासनका राष्ट्रपति महमुद अब्बासलाई

कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा

‘सुडानमा ३० लाख भन्दाबढी मानिसहरू हैजाको जोखिममा’

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा