इरानविरुद्ध अमेरिका कठोर बन्दै, इरानी सर्वोच्च नेता खमेनीविरुद्ध नै नाकाबन्दी घोषणा « Khabarhub

इरानविरुद्ध अमेरिका कठोर बन्दै, इरानी सर्वोच्च नेता खमेनीविरुद्ध नै नाकाबन्दी घोषणा


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी- अमेरिकीले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीसहित अन्य वरिष्ठ अधिकारीविरुद्ध नाकाबन्दीको घोषणा गरेको छ । इरान र अमेरिकाबीच तनाव उत्कर्षमा रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता खमेनीसहितका अधिकारीविरुद्ध नाकाबन्दीको कार्यकारी आदेशमा हस्ताक्षार गरेका हुन् ।

पछिल्लो नाकाबन्दी सर्वोच्च नेता खमेनी र खमेनीको कार्यालयसँग नजिक रहेका अधिकारीलाई लक्षित गरिएको जनाइएको छ । अमेरिकी अर्थमन्त्री स्टिभन मनुचिनले नयाँ नाकाबन्दीले इरानको दशौं करोड डलर बराबरको सम्पत्ति रोक्का हुने जनाएका छन् ।

इरानले हालै अमेरिकी सैनिक ड्रोन खसालेको बदलामा पछिल्लो नाकाबन्दीको घोषणा गरिएको राष्ट्रपति ट्रम्पले जनाएका छन् । इरानमाथि अधिकतम दबाबको नीतिअन्तर्गत पछिल्लो नाकाबन्दीको घोषणा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाले इरानका सर्वोच्च नेतालाई लक्षित गरी यसअघि कुनै पनि किसिमको नाकाबन्दीको घोषणा नगरेकाले पछिल्लो घोषणालाई निकै महत्वका साथ हेरिएको छ ।

यता इरानले भने अमेरिकी नाकाबन्दीबाट अमेरिकासँगको सम्बन्ध सुधारका लागि कुनै पनि किसिमको कुटनीतिक ढोका बन्द भएको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १२ : ३२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको