इरानविरुद्ध अमेरिका कठोर बन्दै, इरानी सर्वोच्च नेता खमेनीविरुद्ध नै नाकाबन्दी घोषणा « Khabarhub

इरानविरुद्ध अमेरिका कठोर बन्दै, इरानी सर्वोच्च नेता खमेनीविरुद्ध नै नाकाबन्दी घोषणा


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी- अमेरिकीले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीसहित अन्य वरिष्ठ अधिकारीविरुद्ध नाकाबन्दीको घोषणा गरेको छ । इरान र अमेरिकाबीच तनाव उत्कर्षमा रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता खमेनीसहितका अधिकारीविरुद्ध नाकाबन्दीको कार्यकारी आदेशमा हस्ताक्षार गरेका हुन् ।

पछिल्लो नाकाबन्दी सर्वोच्च नेता खमेनी र खमेनीको कार्यालयसँग नजिक रहेका अधिकारीलाई लक्षित गरिएको जनाइएको छ । अमेरिकी अर्थमन्त्री स्टिभन मनुचिनले नयाँ नाकाबन्दीले इरानको दशौं करोड डलर बराबरको सम्पत्ति रोक्का हुने जनाएका छन् ।

इरानले हालै अमेरिकी सैनिक ड्रोन खसालेको बदलामा पछिल्लो नाकाबन्दीको घोषणा गरिएको राष्ट्रपति ट्रम्पले जनाएका छन् । इरानमाथि अधिकतम दबाबको नीतिअन्तर्गत पछिल्लो नाकाबन्दीको घोषणा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाले इरानका सर्वोच्च नेतालाई लक्षित गरी यसअघि कुनै पनि किसिमको नाकाबन्दीको घोषणा नगरेकाले पछिल्लो घोषणालाई निकै महत्वका साथ हेरिएको छ ।

यता इरानले भने अमेरिकी नाकाबन्दीबाट अमेरिकासँगको सम्बन्ध सुधारका लागि कुनै पनि किसिमको कुटनीतिक ढोका बन्द भएको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १२ : ३२ बजे

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा लगाइयो

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य सामान्य घटेको

रास्वपाको उदय र दिशाहीन परराष्ट्र नीतिको निरन्तरता

विगत एक दशकभन्दा पनि लामो समयदेखि नेपालको परराष्ट्र नीति अस्थिर

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम– मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक