प्रमुख व्यापारिक नाकाको आर्थिक कारोबारमा सङ्कुचन  « Khabarhub

प्रमुख व्यापारिक नाकाको आर्थिक कारोबारमा सङ्कुचन 


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा गत आर्थिक वर्ष २०७८/७९ मा सङ्कुचन देखिएको छ । वीरगञ्जलाई प्रयोग गरी हुने मालबस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि यसको नाकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व संकलनमा परेको हो ।

गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ वटा  प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा चार हजार पाँच सय ८९ कम अर्थात् ११ हजार आठ सय ४८ वटा  प्रज्ञापनपत्रमात्र कारोबारका लागि प्रयोग भएका छन् । यो समीक्षा अवधिको तुलनामा २७.९१ प्रतिशत कम हो ।

वीरगञ्ज भन्सार नाकाबाट ग्रिन च्यानलमार्फत हुने कारोबारमा ३९ प्रतिशत, एलो च्यानलबाट हुने कारोबारमा २० प्रतिशत र रेड च्यानलमार्फत हुने कारोबार २७ प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ । गत आवको साउन महिनामा ग्रिन च्यानलबाट चार हजार ६६, एलो च्यानलबाट चार हजार तीन सय ६० र रेड च्यानलबाट आठ हजार ११ वटा प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा ग्रीन च्यानलबाट एक हजार पाँच सय ८०, एलो च्यानलबाट तीन हजार पाँच सय १२ र रेड च्यानलबाट पाँच हजार आठ सय ५० प्रज्ञापनमार्फत कारोबार भएको  भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले वैदेशिक मुद्राको सञ्चितिलाई सन्तुलित गर्न नेपाल सरकारले १० वटा विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धकै कारण कारोबार कम भई राजस्व संकलनमा समेत असर परेको बताए ।

असार ३१ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चारपाङ्ग्रे सवारीसाधनलगायतका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि वीरगञ्ज नाकाको कारोबारमा कमी हुँदै गएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।

उनले आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन तथा कारोबारमा केही गिरावट देखिए पनि आउने दिनमा राजस्व संकलनमा सुधार हुँदै जाने बताए ।  सरकारले राजपत्रमा प्रकाशित गरी लगाएको प्रतिबन्ध हटाइएकोले कारोबारमा बढोत्तरी हुँदै जाने विश्वास गरिइएको छ ।

कारोबारमा देखिएको सङ्कुचनकै कारण भन्सारले राजस्व संकलनको मासिक लक्ष्य हासिल गर्न सकेको छैन । विसं २०७९ साउन महिनाका लागि भन्सार विभागले  १५ अर्ब २० करोड सात लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको तुलनामा कार्यालयले दुई अर्ब २१ करोड ८ लाख कम अर्थात् १२ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व हासिल गरेको अधिकृत गुप्ताले जानकारी दिए । 

 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ३ : ०५ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई