जिल्ला समन्वय समितिद्वारा म्याङलुङ जिरी सडक खण्डको अनुगमन « Khabarhub

जिल्ला समन्वय समितिद्वारा म्याङलुङ जिरी सडक खण्डको अनुगमन


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– जिल्ला समन्वय समिति तेह्रथुमले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत जिरी बगाले म्याङलुङ सडक खण्डको अनुगमन गरेको छ । समन्वय समिति तेह्रथुमका उपप्रमुख श्री कार्की र प्राविधिक टोलीले सडक अनुगमन गरेको हो । लोकमार्ग अन्तरगत म्याङलुङ वसन्तपुर २६ किलोमिटर तिन प्याकेज बनाएर सडकलाई कालोपत्रेको काम गरिएको थियो । 

पहिलो र दोस्रो खण्ड निर्माण सम्पन्न भइसक्दा पनि अमर मा जानकी जेबीले पाएको तेस्रो खण्डमा कालोपत्रेको काम ढिलाइ गरेपछि समितिले अनुगमन गरेको जनाएको छ । निर्माण व्यवसायीले सडक निर्माणमा भइरहेको ढिलाइ तथा निर्माण कार्यमा भएको गुणस्तरमा अनुगमनलाई ध्यान दिएको समितिका उपप्रमुख कार्कीले बताए । 

जिल्ला सदरमुकाम म्याङलुङ जोड्ने एक मात्र सडकमा निर्माण भइरहेको सडकमा कामको ढिलाइ हुँदा यहाँका स्थानीयलाई यात्रा गर्न समस्या भोग्दै आएका छन् । २०७८ साल जेठ सम्ममा कालोपत्रे गरी सक्ने  सम्झौता गरेको निर्माण व्यवसायीले १४ महिना बितिसक्दा पनि सम्पन्न गर्न सकेको छैन । 

नेपाल सरकार अर्थ मन्त्रालयबाट २ अर्ब ७ करोड रकम विनियोजन भएसँगै दुई लेनको सडक निर्माण कार्य भई रहेको छ । निर्माण व्यवसायीले कोरोना तथा कामदार अभावका कारण समय मै काम सम्पन्न गर्न नसकेको जनाएको छ । यो सडक खण्डमा निर्माण कार्यले गति लिन नसक्दा वर्षात्सँगै कष्टकर यात्रा गर्न बाध्य बन्दै आएका छन् । 

जिल्ला समन्वय समिति तेह्रथुमले जिल्लाको मुख्य आयोजनाहरूका साथै स्थानीय प्रदेश र सङ्घबाट सञ्चालन भएका योजनाहरूको अनुगमन सुरु गरेको छ । म्याङलुङ नगरपालिका, लालीगुराँस नगरपालिका, छथर गाउँपालिकामा सञ्चालन भएका योजनाहरू अनुगमन सुरु गरेको समितिले मेन्छ्यायेम र आठराई, फेदाप गाउँपालिकामा अनुगमन गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : २३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्