ठूलो परिमाणमा गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ « Khabarhub

ठूलो परिमाणमा गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुर प्रहरीले तीन सय ४० किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार विषेश सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कैलाश गाउँपालिकाको नामटारबाट हेटौँडा आउँदै गरेको ना ७ ख ३९८७ नं को आइचर ट्रकमा दुईसय ५६ किलो र ना ८ ख २७१८ नं को अर्को आइचर ट्रकमा ७५ किलो गाँजा बरामद गरेको जानकारी दिएको छ ।

प्रहरीले २५६ किलो गाँजा फेला परेका ट्रकका चालक भीमफेदी–९ महाभिरका ३५ वर्षीय प्रकाश लामालाई ट्रकसहित नियन्त्रणमा लिएको र अर्का ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख २२०८ नंको बस चेकजाँच गर्दा रौतहट २७ वर्षीय लखिन्द्र बैठाको साथबाट साढे नौ किलो गाँजा बरामद भएको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : ५१ बजे

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक