विश्व इतिहासमा आज : मोल्डोभा स्वतन्त्रदेखि नाइजेरियामा सैनिक ‘कु’सम्म « Khabarhub

विश्व इतिहासमा आज : मोल्डोभा स्वतन्त्रदेखि नाइजेरियामा सैनिक ‘कु’सम्म


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ ११ गते शनिबार । सन् २०२२ को अगस्ट २७ तारिख । आजको दिन विश्व इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २०१२ अगस्ट २७ मा पहिलो अन्तरग्रहीय मानव आवाजको रिकर्डिङ मार्स रोभर ‘क्युरियोसिटी’ बाट प्रसारण भएको थियो ।

सन् २०११ अगस्ट २७ मा इरेन नामक तुफानले संयुक्त राज्य अमेरिकामा ७ अर्ब डलर बराबरको क्षति गरेको थियो ।

सन् २००८ अगस्ट २७ मा प्रमुख राजनीतिक दलबाट राष्ट्रपति पदको लागि उम्मेदवारमा चयन हुने बाराक ओबामा पहिलो अफ्रिकी अमेरिकी बनेका थिए ।

सन् १९०८ अगस्ट २७ मा संयुक्त राज्य अमेरिकाका ३६औँ राष्ट्रपति लिन्डन बी जोनसनको जन्म भएको थियो ।

सन् २००३ अगस्ट २७ मा विश्वको सबैभन्दा ठुलो ब्याट्री जडान गरिएको थियो । करिब २ हजार मिटर स्क्वायर ठाउँ ओगट्ने र १ हजार ३०० टन तौल भएको सो ब्याट्री अलास्काको फेयरबैंकका बासिन्दाहरुलाई ७ मिनेटको लागि आकस्मिक विद्युत् सेवा प्रवाह गर्नुको लागि जडान गरिएको थियो ।

सन् १९९१ अगस्ट २७ मा मोल्डोभाले स्वतन्त्रता प्राप्त गर्‍यो । सन् १९४० अगस्ट २ मा सोभियत यूनियनले मोल्डोभालाई अतिक्रमण गरेको थियो । सन् १९९१ यूएसएसआर विघटन भएसँगै मोल्डोभा स्वतन्त्र भएको थियो ।

सन् १९८५ अगस्ट २७ मा नाइजेरियामा सैनिक कु भएको थियो । मुहम्मद बुहारीलाई सत्ताबाट हटाउँदै जनरल इब्राहिम बडामासी बबाङ्गिडाले सरकारलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

सन् १९७९ अगस्ट २७ मा आयरल्याण्डस्थित सिलिगोमा भएको डुङ्गामा भएको आयरिश आतंकवादी बम विष्फोटमा लर्ड माउन्टबेटनको मृत्यु भएको थियो ।

सन् १९६२ अगस्ट २७ मा नासाले ‘मेरिनर २’ प्रक्षेपण गरेको थियो । सन् १९६२ डिसेम्बर १४ मा ‘मेरिन २’ शुक्र ग्रह पुगेको थियो ।

सन् १९०८ अगस्ट २७ मा अष्ट्रियाली क्रिकेटर डोनाल्ड ब्राडम्यानको जन्म भएको थियो । इतिहासको नै सफल ब्याट्सम्यानको सुचीमा पर्ने ब्राडम्यानलाई ‘द डन’ को उपनामले पनि चिनिन्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ६ : ४२ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट