नेपाल टी-२० को लागि खेलाडी दर्ता खुला | Khabarhub Khabarhub

नेपाल टी-२० को लागि खेलाडी दर्ता खुला


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० को लागि खेलाडी दर्ता खुला गरेको छ । क्यानले शनिबार सामाजिक सञ्जालमार्फत खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो । क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ।

दर्ताका लागि राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप, मेयर कपमा सहभागी भएको हुनुपर्ने र सन् २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्ने, नेपाली यु १९ राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता र शृङ्खलामा प्रतिनिधित्व गरेको हुनुपर्ने, सन् २०१८ देखि सिनियर टिममा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई प्राथमिकतामा राखिने र सन् २०१८ यता विभिन्न फ्रेन्चाइज प्रतियोगिताहरूमा सहभागी खेलाडीहरूलाई प्राथमिकतामा राखिने क्यानले जनाएको छ ।

क्यानले खेलाडी दर्ताका लागि अगस्ट ३१ सम्मको समय दिएको छ । असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म चल्ने नेपाल टी २० क्यानको आधिकारिक प्रतियोगिता हो । यसमा नेपालका विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १२ : ४९ बजे

एकैदिन तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज

‘जारी २’काे शो खोस्दै ‘परान’, स्क्रिन संख्या नि उसकै बढी

काठमाडौं – न्यून शो र कमजोर अकुपेन्सीका साथ कात्तिक १४

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

मुस्ताङ– नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले तीन अर्ब ४९ करोड

सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप हो : उपमहासचिव ज्ञवाली

दाङ – नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले संसद पुनर्स्थापना, संविधान

गृहले सक्रिय गरायो मिटर ब्याजसम्बन्धी गुनासो लिने संयन्त्र

काठमाडौं – सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी तीन वटा