महिलामाथिको घरेलु हिंसा बढ्दै « Khabarhub

महिलामाथिको घरेलु हिंसा बढ्दै


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुर जिल्लामा महिलामाथिको घरेलु हिंसा बढ्दै गएको एक तथ्यांकले जनाएको छ । पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने गरेको जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घरेलु हिंसाको उजुरी झण्डै दोब्बर परेको सो कार्यालयले जनाएको हो ।

अघिल्लो आवमा दुई सय ८६ वटा उजुरी परेकामा गत आवमा चार सय ३९ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको हो । अघिल्लो आवमा परेका उजुरीमध्ये एक सय ८६ वटा उजुरीको मिलापत्र गराइएको थियो भने ५० वटा मुद्दा अदालतमा गएको थियो ।

त्यस्तै गत आर्थिक वर्षमा घरेलु हिंसाका चार सय ३९ वटा उजुरी परेकामा दुई सय ६० वटा उजुरीको मिलापत्र गराइएको ६१ वटा उजुरी अदालतमा मुद्दाका रूपमा गएको  र एक सय १८ वटा उजुरीको छिनोफानो भइहेको छ । आव २०७८/७९ को साउन महिनामा ३८, भदौमा ४४, असोजमा ३३, कात्तिकमा ३७, मङ्सिरमा ३४, पुसमा ३६, माघमा २४, फागुनमा ३१, चैतमा ३९, वैशाखमा ३६, जेठमा ४५ र असारमा ४२ घरेलु हिंसासम्बन्धी उजुरी परेको र तीमध्ये अधिकांश अधिकारका लागि परेको सो कार्यालयले जनाएको छ । 

विगतमा सामाजिक तथा पारिवारिक डर, त्रास र भयका कारण न्यायका लागि महिला प्रहरी र अदालतमा जान डराउँथे तर अहिले चेतना अभिवृद्धि भएसँगै महिला पनि न्यायका लागि नगरपालिकादेखि अदालतसम्म धाउन थालेपछि उजुरीको सङ्ख्या बढ्दै गएको हो । यस सम्बन्धमा वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा ललितकुमार दासले महिलामाथि हिंसा कतैबाट हुन नहुनेमा जोड दिँदै अधिकार नपाएमा उनीहरूले उजुरी गर्नु स्वाभाविक हो भने । 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ४ : २५ बजे

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ

सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस

घरजग्गा र सेयरबजारमा गरिने लगानीले अर्थतन्त्रलाई गति दिन सक्दैन : थापा

काठमाडौं– नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले आगामी

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत