श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक « Khabarhub

श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कथाकार डा राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ ।

प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा कथा सङ्ग्रहको लोकार्पण गरे । पन्ध्रवटा कथा रहेको सो सङ्ग्रहलाई राजकुमार बानियाँले सम्पादन गरेका हुन् ।

कथामा फरकपात्र, पृष्ठभूमि सामाजिक र राजनीतिक विषयलाई समेटिएको छ । देशभित्रको सशस्त्र द्वन्द्वदेखि द्वन्द्वग्रस्त मुलुक कोर्सिया र सर्वियाका विषयवस्तुलाई कथामा उठान गरिएको छ। पुस्तकमाथि टिप्पणी गर्दै पाण्डे, गौतम र अधिकारीले कथाकार निकै सन्तुलितरूपमा प्रस्तुत गरेको र समाजको वास्तविक कथा दस्तावेजका रुपमा आएको बताए । कथाकार श्रेष्ठले विभिन्न सयममा भेट भएका पात्र अरुको पीडाको बकपत्रको रूपमा आफूले लिपिबद्ध गरेको जानकारी दिए ।

तीस वर्ष नेपाल प्रहरीमा सेवा गरेका स्रष्टा श्रेष्ठका चारवटा कथा सङ्ग्रह सहित आठवटा कृति प्रकाशित भइसकेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : ४९ बजे

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री