अटोले स्कुटरलाई ठक्कर दिँदा बालिकाको मृत्यु « Khabarhub

अटोले स्कुटरलाई ठक्कर दिँदा बालिकाको मृत्यु


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- उकालोमा एक्कासि पछाडितर्फ गुडेको अटोले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार निजगढ नगरपालिका वडा नम्बर ७ की एक बालिकाको मृत्यु भएको छ । घटनामा स्कुटर चालकसहित थप २ जना घाइते भएका छन् ।

निजगढ नगरपालिका वडा नम्बर १० स्थित गुम्बा जाने पक्की सडकको उकालोमा स्थानीय वर्ष ४५ का अमरराज घिसिङले चलाएको प्रदेश २ ०३–००१ स ३२२ नम्बरको अटो एक्कासि ब्याक भएपछि पछि पछिसँगै आउँदै गरेको बागमती प्रदेश ३–०४ प ३९९७ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि स्कुटरमा निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने शेखर पुलामीकी ७ वर्षीय छोरी सियाल पुलामीको मृत्यु भएको हो ।

बालकलाई पछाडि राखेर अटोको पछिपछि गुम्बातर्फ जाँदै गरेको अवस्थामा एक्कासि पछाडि गुडेको अटोले स्कुटरमा ठक्कर दिएको र बालक सियालसहित निजगढ ७ माझीटोल बस्ने बालकी फुपु सलिना पुलामी र स्कुटर चालक चितवन जिल्ला राप्ति नगरपालिका वडा नम्बर ४ घर भई हाल निजगढमा डेरा गरेर बस्दै आएका अर्जुन पाठन घाइते भएका थिए ।

घाइते बालकको निजगढस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको र थप उपचारको लागि मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले राति ८ः२० बजे बालकको मृत भएको घोषणा गरेका थिए ।

प्रहरीले टेम्पु चालक घिसिङ, मृतक बालकी फुपु सलिना र स्कुटर चालक पाठकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

घटनाको बारेमा घाइते र पीडित कसैले पनि प्रहरीलाई खबर नगरेपछि प्रहरीले आफ्नै पहलमा घाइते सलिना र अर्जुनलाई आज बिहान नियन्त्रणमा लिइएको र इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिब ओलीले जानकारी दिए । घाइते दुवैको अवस्था सामान्य रहेको पनि उनले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ६ : ५२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी