कांग्रेसले सिट बाँडफाँटमा सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्छ : प्रचण्ड « Khabarhub

कांग्रेसले सिट बाँडफाँटमा सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्छ : प्रचण्ड


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा एमाले बाहेकको वाम गठबन्धन सम्भव भएको बताएका छन् ।

माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार ललितपुरको सानेपामा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे वामपन्थी दलहरूको गठबन्धन बन्ने बताएका हुन् ।

उनले भने ‘आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अहिलेको पाँच दलीय सत्तारुढ गठबन्धन एकढिक्का भएर जान्छ । तर कांग्रेसले मानेन, गठबन्धनमा शक्तिको सही पहिचान गर्न मन गरेन भने हामीले वाम गठबन्धनलाई अगाडि बढाएर राम्रै परिणाम ल्याउन सक्छौं । सत्तारुढ गठबन्धन भित्रका वामपन्थी दलहरू मिल्दा पनि हाम्रो नराम्रो परिणाम आउँदैन ।’

यस्तै‘ प्रचण्डले आगामी चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति बनाउनेगरी लाग्न निर्देशन दिएका छन् । उनले आगामी मंसिर ४ गतेको चुनावबाट संसदको दोस्रो शक्ति बन्ने प्रवल सम्भावना भएकाले चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन् ।

‘हामी यो चुनाव काँग्रेससँगै गठबन्धन गरेर जानुपर्छ । त्यसबाट दायाँबायाँ हुने अवस्था छैन । काँग्रेसले धोका दिएमा गठबन्धनभित्रै वामपन्थी मिलेर भएपनि तालमेल हुन्छ’ प्रचण्डको भनाई उदृत गर्दै प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले भने, ‘हामी यो चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति हुने सम्भावना छ । त्यसरी चुनावमा केन्द्रीत भई लाग्नुस् ।’ काँग्रेस सहितको गठबन्धन बनाएर गएमा माओवादी संसदको दोस्रो शक्ति हुन कसैले रोक्न नसक्ने प्रचण्डले बताए ।

उनले आगामी चुनाव सकिएपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ३९ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ

उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई