नेविसंघले शिक्षामन्त्रीलाई बुझायो ज्ञापनपत्र « Khabarhub

नेविसंघले शिक्षामन्त्रीलाई बुझायो ज्ञापनपत्र


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल विद्यार्थी संघले शिक्षा क्षेत्रको सुधारको माग राख्दै शिक्षा मन्त्रीलाई २९ बुँदे ज्ञापन पत्र बुझाएको छ । सिंहदरबारमा नेविसंघले आज समग्र शैक्षिक विकासका लागि केही तत्कालिक तथा संरचनागत सुधार गर्नुपर्ने माग राख्दै विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र राखी विना व्याज शैक्षिक ऋण प्रदान गर्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने, अस्वभाविक रुपमा बढाइएका शुल्क खारेज गर्नुपर्ने, विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्ने, शैक्षिक क्षेत्रको सुरुवातमा विद्यार्थी भर्नासंगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुराउनुपर्ने माग नेविसंघको छ ।

त्यस्तै एसईईपरीक्षा उत्तिर्ण गरी कक्षा ११ मा भर्ना भएका सम्पुर्ण विद्यार्थीकको भर्ना शुल्क ५० प्रतिशतले मिनाहा गर्नुपर्ने, दैनिक मजदुरी गरेर जीविकोपाजर्न गर्दै आएका अभिभावकहरुको सन्तानले शैक्षिक संस्थामा सहुलियत शुल्कमा अध्ययन गर्न पाउने व्यवस्था मिलाउनुपर्ने आफुहरुको माग रहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले शैक्षिक क्षेत्रमा बढेको शुल्कका बिषयमा आफुले सर्वपक्षिय छलफल गर्ने बताए । बिद्यार्थीहरुले उठाएका मागहरु सकारात्मक भएको भन्दै बिशेष ध्यान दिएर आवश्यक नीति निर्माण गरिने उनले बताए

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : ५७ बजे

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौं- मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको

उपत्यकामा नदी किनारका बस्ती हटाउने अभियान जारी

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी

पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच इस्लामावादमा भेटवार्ता

एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र इरानका विदेशमन्त्री सैयद

अगस्टमा ‘क्यास्पियन शिखर सम्मेलन’ गर्ने इरानको योजना

तेहरान– रुसका लागि इरानका राजदूत काजेम जलालीले इरानले जारी युद्धका

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

काभ्रेपलाञ्चोक– दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा