नागरिकता विधेयकबारे आज समितिले छलफल गर्ने | Khabarhub Khabarhub

नागरिकता विधेयकबारे आज समितिले छलफल गर्ने


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

मध्यान्ह १२ बजे सुरु हुने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाले पुन: जस्ताको त्यस्तै पास गरेर पठाएको थियो।

सो विधेयक राष्ट्रियसभाले भने थप छलफलका लागि विषयगत समितिमा पठाएको हो। सो समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल हुनेछ ।

अब विधायन व्यवस्थापन समितिले पारित गरेपछि मात्रै सो विधेयक राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछ । राष्ट्रिय सभाको बैठक भदौ १६ गते बिहीबार बोलाइएको छ । सोही बैठकबाट विधेयक पास गर्ने सरकारको तयारी छ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : ०७ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको