नेपालको टी २० वरीयता खस्कियो  | Khabarhub Khabarhub

नेपालको टी २० वरीयता खस्कियो 


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली क्रिकेट टिमको टी २० वरीयता खस्किएको छ । आइसिसीले सोमबार जारी गरेको वरीयतामा नेपाल एक स्थान खस्किएको हो ।

यसअघि १४औँ स्थानमा रहेको नेपाल हाल १५औँ स्थानमा पुगेको छ । वरीयता खस्किएसँगै सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकपमा सोझै छनोट हुने सम्भावना पनि कमजोर बनेको छ । यसमा १२ टिम सोझै प्रतियोगिता छनोट हुनेछन् ।

हाल नेपाली राष्ट्रिय टिम टी २० र एकदिवसीय शृंखलाका लागि केन्या भ्रमणमा रहेको छ । नेपालले केन्यासँग पाँच टी २० खेलको शृंखला खेल्ने तालिका छ । शृंखलामा नेपाल २–१ ले अघि छ ।

नेपालले पहिलो खेलमा केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा चार विकेटको जित निकालेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ३ : १२ बजे

एकैदिन तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज

‘जारी २’काे शो खोस्दै ‘परान’, स्क्रिन संख्या नि उसकै बढी

काठमाडौं – न्यून शो र कमजोर अकुपेन्सीका साथ कात्तिक १४

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

मुस्ताङ– नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले तीन अर्ब ४९ करोड

सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप हो : उपमहासचिव ज्ञवाली

दाङ – नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले संसद पुनर्स्थापना, संविधान

गृहले सक्रिय गरायो मिटर ब्याजसम्बन्धी गुनासो लिने संयन्त्र

काठमाडौं – सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी तीन वटा