भारत, पाकिस्तान र मलेसियामा कोरोना सङ्क्रमण दर क्रमशः घट्दै « Khabarhub

भारत, पाकिस्तान र मलेसियामा कोरोना सङ्क्रमण दर क्रमशः घट्दै


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको पाइएको छ ।

भारत सरकारले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा सात हजार पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४५ जनाको मृत्यु भएको छ । यसैसँग कोरोना शुरु भएबाट हाालसम्म पाँच लाख २७ हजार सात सय ९९ जनाको मृत्यु भइसकेको छ ।

भारतमा हाल ८४ हजार नौ सय ३१ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमणका नयाँ बिरामी थपिएसँगै देशभर कोभिड–१९ पीडितको सङ्ख्या चार करोड ४४ लाख १५ हजार सात सय २३ पुगेको छ ।

यसैगरी भारतको छिमेकी मुलुक पाकिस्तानमा सोही अवधिमा दुई सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेको सङ्ख्या तीस हजार पाँच सय ७५ पुगेको छ ।

गएको २४ घण्टा अर्थात आइतबार मध्यरातिसम्म कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको जनाइएको छ । पाकिस्तानमा एक सय १० जना बिरामीको अवस्था गम्भीर छ ।

यसैबीच, मलेसियामा कोरोना लागेर दुई जनाको मृत्यु भएको तथा दुई हजार एक सय १९१ जना नयाँ बिरामी थपिएका छन् । आइतबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीले अझै पनि देशभर ३२ हजार नौ सय एक जना सक्रिय सङ्क्रमित रहेका बताएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ५३ बजे

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको आन्तारिक

लेबनानमा रोकिएन इजरायलको विनाशकारी आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

बेरुत- इरान-अमेरिका सम्झौतापछि पनि इजरायलले लेबनानमा बम बर्साउन छाडेको छैन।

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने