अदालतको अवहेलना मुद्दामा बालेनसँग सर्वोच्चले माग्यो ७ दिनभित्र लिखित जवाफ « Khabarhub

अदालतको अवहेलना मुद्दामा बालेनसँग सर्वोच्चले माग्यो ७ दिनभित्र लिखित जवाफ


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दामाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बाटाको म्यादबाहेक सात दिन भित्र आफैँ वा आफ्ना प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

‘यसमा के कसो भएको हो ? निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू,’ आदेशमा भनिएको छ ।

मेयर बालेनले आफैँ गएर नर्भिक अस्पतालमा बनेको भनिएको अवैध संरचना भत्काउन निर्देशन दिएका थिए । तर, नर्भिकले केही दिनको समय माग्यो । यसपछि महानगरले अस्पताललाई अवैध संरचना भत्काउन समय दियो ।

तर, नर्भिकले आफ्नो संरचना नभत्काउन माग गर्दै दिएको निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन अन्तरकालीन आदेश दिएको थियो ।

उक्त आदेशपछि मेयर साहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता दिपकराज जोशीले उक्त रिट दायर गरेका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ५८ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ