एअर फ्रान्सद्वारा उडिरहेको विमानको ककपिटभित्रै झगडा गर्ने दुई पाइलट बर्खास्त « Khabarhub

एअर फ्रान्सद्वारा उडिरहेको विमानको ककपिटभित्रै झगडा गर्ने दुई पाइलट बर्खास्त


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उडिरहेको विमानको ककपिटभित्रै झगडा गर्ने दुई पाइलटलाई फ्रान्सेली हवाई सेवा प्रदायक एअर फ्रान्सले बर्खास्त गरेको छ ।

गत जुन महिनामा स्विट्जरल्याण्डको जेनेभाबाट फ्रान्सको राजधानी पेरिसका लागि उडेको विमानभित्रै दुई पाइलटबीच विवाद उत्पन्न भएको थियो । विवादका क्रममा दुबै पाइलटले एक अर्कामाथि मुक्का प्रहार गरेको स्विस समाचार संस्था ल ट्रिब्युनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ककपिटमा दुई पाइलटबीच झगडा परेको थाहा पाएपछि विमानका अन्य चालक दलका सदस्यहरुले सम्झाइबुझाइ गरेका थिए । विमान सुरक्षित रुपमा अवतरण नभएसम्मका लागि माहौल शान्त पार्न एक सदस्य ककपिटभित्रै बसेका थिए ।

यस घटनाले विमानको उडान एवम् अवतरणमा कुनै असर नपरेको जनाइएको छ ।

फ्रान्सका अनुसन्धानकर्ताहले घटनाबारे प्रतिवेदन सार्वजनिक गरेका थिए । उक्त प्रतिवेदनमा अनुसन्धानकर्ताहरुले एअर फ्रान्समा सुरक्षाको मापदण्डहरु कडाईका साथ पालना नगर्ने चलन रहेको औल्याएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ६ : १५ बजे

एनपीएल : पोखरा टस जितेर बलिङमा

काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको

कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ

अत्तरिया– कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ

बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ

गोदावरी– बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा

बिहीबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो