राजदूत शर्मा र भारतीय गृहमन्त्री शाहबीच शिष्टाचार भेट « Khabarhub

राजदूत शर्मा र भारतीय गृहमन्त्री शाहबीच शिष्टाचार भेट


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । सोमबार नयाँदिल्लीस्थित भारतीय गृह मन्त्रालय पुगेर राजदूत शर्माले भेट गृहमन्त्री शाहसँग गरेका हुन् ।

भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको बताइएको छ । साथै भारत सरकारको सहयोगमा सञ्चालनमा रहेका परियोजनाहरूको प्रगति र नेपाल–भारत मामिलाका विषयमा समेत छलफल भएको दूतावासले जनाएको छ ।

गत वैशाख २८ गते राजदूत शर्माले तत्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविन्दसामु ओहदाको प्रमाणपत्र बुझाएका थिए । राजदूत शर्माले त्यसयता भारत सरकारका विभिन्न मन्त्रीहरूसँग लगातार भेट गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ९ : ०८ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा