राजदूत शर्मा र भारतीय गृहमन्त्री शाहबीच शिष्टाचार भेट « Khabarhub

राजदूत शर्मा र भारतीय गृहमन्त्री शाहबीच शिष्टाचार भेट


१३ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । सोमबार नयाँदिल्लीस्थित भारतीय गृह मन्त्रालय पुगेर राजदूत शर्माले भेट गृहमन्त्री शाहसँग गरेका हुन् ।

भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको बताइएको छ । साथै भारत सरकारको सहयोगमा सञ्चालनमा रहेका परियोजनाहरूको प्रगति र नेपाल–भारत मामिलाका विषयमा समेत छलफल भएको दूतावासले जनाएको छ ।

गत वैशाख २८ गते राजदूत शर्माले तत्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविन्दसामु ओहदाको प्रमाणपत्र बुझाएका थिए । राजदूत शर्माले त्यसयता भारत सरकारका विभिन्न मन्त्रीहरूसँग लगातार भेट गरेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ९ : ०८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली