एनपीएल : आठ टिमका यी हुन् ४० विदेशी खेलाडी « Khabarhub

एनपीएल : आठ टिमका यी हुन् ४० विदेशी खेलाडी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जारी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा आठ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

ती टिमहरू हुन् – काठमाडौं गुर्खाज, विराटनगर किङ्ग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स !

यी सबै टिमले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तर, एक खेलमा चार विदेशी खेलाडीले मात्रै खेल्न पाउँछन् । त्यसैले, यी टिमहरूले बढी ६ र कम्तिमा चार विदेशी खेलाडीलाई अनुबन्ध गरेका हुन् ।

सबैभन्दा बढी विदेशी खेलाडी अनुबन्ध गर्ने दुई टिम जनकपुर बोल्टस् र पोखरा एभेन्जर्स हुन् । उनीहरूले ६/६ विदेशी खेलाडी अनुबन्ध गरेका छन् ।

कर्णाली याक्स र सूदरपश्चिम रोयल्सले अन्य टीमले भन्दा कम विदेशी खेलाडी अनुबन्ध गरेका छन् । यी टिमले चार/चार विदेशी खेलाडी भित्र्याएका हुन् ।

बाँकी अन्य चार टिम काठमाडौं गुर्खाज, विराटनगर किङ्ग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले पाँच/पाँच जना विदेशी खेलाडी अनुबन्ध गरेका छन् ।

काठमाडौं गुर्खाज

विदेशी खेलाडी संख्या : पाँच

– माइलक लिभर्ट (नेदरल्यान्ड), स्टिफन एस्किनाजी (इङ्ल्यान्ड), गेर्हार्ड इरास्मस (नामिविया), डान डौथवेट (इङ्ल्यान्ड) र नथान सोटर (इङ्ल्यान्ड) ।

विराटनगर किङ्क्स

विदेशी खेलाडी संख्या : पाँच
क्रिस सोल (स्कटल्यान्ड), मार्टिन गुप्टिल (न्यूजिल्यान्ड), निकोलस किर्टोन (क्यानाडा), आकिब इलियास (पाकिस्तान) र इस्मत अलाम (अफगानिस्तान) ।

जनकपुर बोल्ट्स

विदेशी खेलाडी संख्या : ६

– जेम्स नीशम (न्युजिल्यान्ड), जोशुआ ट्रोम्प (अमेरिका), मोहम्मद मोहसिन (अमेरिका), बेन माइक (इङ्ल्यान्ड), लाहिरू मिलन्था (अमेरिका) र हर्श थाकर (क्यानडा) ।

चितवन राइनोज

विदेशी खेलाडी संख्या : पाँच

– रवि बोपारा (इङ्ल्यान्ड), हसन इसाखाइल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबियन), लुक बेन्केस्स्टाइन (इङ्ल्यान्ड) र सोहल तनवीर (पाकिस्तान) ।

कर्णाली याक्स

विदेशी खेलाडी संख्या : चार

– बाबर हयात (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जिशान मकसूद (ओमान) र शिखर धवन (भारत) ।

पोखरा एभेन्जर्स

विदेशी खेलाडी संख्या : ६

– बास दे लीडे (नेदरल्यान्ड), रेमन रिफर (वेस्ट इन्डिज), म्याथ्यु क्रिचली (इङ्ल्यान्ड), माइकल लिस्क (स्कटल्यान्ड), एन्ड्रिज गौस (अमेरिका) र जेन मलिक (इङल्यान्ड) ।

सुदूरपश्चिम रोयल्स

विदेशी खेलाडी संख्या : चार

– सैफ जाइब (इङ्ल्यान्ड), स्कट कुग्गेलिजन (न्यूजिल्यान्ड), ब्रान्डन म्यामुल्लेन (स्कटल्यान्ड) र रोहन मुस्तफा (यूएई)।

लुम्बिनी लायन्स

विदेशी खेलाडी संख्या : पाँच

– टम मूर्स (इङ्ल्यान्ड) बेन कटिङ (अस्ट्रेलिया), साद बिन जफर (क्यान्डा), उन्मुक्त चन्द (अमेरिका) र रामोन सिमन्ड्स (वेस्टइन्डिज) ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ०१ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी