बुहारीको कुटाइबाट ससुराको मृत्यु « Khabarhub

बुहारीको कुटाइबाट ससुराको मृत्यु


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– हेलम्बु गाउँपालिका-१ मा बुहारीको कुटाइबाट ससुराको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका-१ गोवागाङ गाउँका ८० वर्षीय कामीढिण्डु लामा रहेका छन् ।

बुहारी २३ वर्षीया रिता तामाङले आइतबार विवादका क्रममा काठको चिर्पटले प्रहार गर्दा लामा घाइते भएका थिए । टाउकोसहित शरीरभर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि स्थानीय खार्चुङ सामुदायिक स्वास्थ्य चौकीमा लगिएको थियो ।

प्रहरीले आज उपचारका क्रममा ज्यान गएको र बुहारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ६ : २४ बजे

चर्चामा माइकल ज्याक्सनको बायोपिक

काठमाडौं – अमेरिकी पप गायक तथा ‘किङ अफ पप’को उपमा

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

दमौली– यहाँको व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना

पहिले मलाई ‘एक्ले ढेँडु’ बनाए, अहिले तोरीको फूल देख्दैछन् : झलनाथ खनाल

काठमाडौं- झलनाथ खनाल वामपन्थी आन्दोलन र कम्युनिस्ट विचारधारा अध्ययन गर्ने

राहत तथा अस्थायी शिक्षकका रिक्त कोटा दरबन्दीमा रुपान्तरण गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले रिक्त रहेका राहत

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका