छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

छुटाउन नहुने आजका मुख्य समाचारहरू


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर सरकारद्धारा अधिकृतस्तरका साढे ६ सय अस्थायी दरबन्दी थप, गाडी, मदिरा, मोबाइलको आयात प्रतिबन्ध असोज २८ सम्म थप, उच्चस्तरीय तलब सुविधा आयोगद्धारा काम सुरु, अब डलर कार्डबाट १८ प्रकारका भुक्तानी गर्न नपाइने, मंगलबार थप २५७ जनामा कोरोना संक्रमण, केन्याविरुद्धको टी–ट्वान्टी सिरिज नेपाललाई लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहर:

सरकारद्धारा अधिकृतस्तरका साढे ६ सय अस्थायी दरबन्दी थप
सरकारले विभिन्न मन्त्रालय अन्तर्गतका कार्यक्रम र परियोजनाका लागि थप साढे ६ सय अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

आज मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका विभिन्न कार्यक्रम र परियोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी दिए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीले यी अस्थायी दरबन्दी स्थायी कर्मचारीबाटै पदपूर्ति गरिने पनि स्पष्ट पारे । यी पद नयाँ नियुक्ति गर्नका लागि नभएर स्थायी कर्मचारीबाटै व्यवस्थापन गर्ने प्रयोजनका लागि सिर्जना गरिएको उनको भनाई छ ।

आयोजना र कार्यक्रमहरु अस्थायी प्रकृतिका हुने र ती ठाउँमा स्थायी दरबन्दी सिर्जना गर्दा आयोजना समाप्त भएपछि कर्मचारी व्यवस्थापनमा जटिलता आउने र आर्थिक भारसमेत पर्ने भएकाले स्थायी कर्मचारी नै खटाउने गरी अस्थायी दरबन्दी थप गरिएको उनले बताए ।

सञ्चारसम्बन्धी कानुनहरू चालु अधिवेशनमा नै टुंगोमा पुग्छन्ः देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालु अधिवेशनमा नै टुंगोमा पु¥याउन सरकारले पहल गर्ने बताए । नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले मिडिया काउन्सिल विधेयकसहित विचाराधीन अवस्थामा रहेका विधेयकहरुलाई टुंगोमा पु¥याउन सरकारले पहल गर्ने बताएका हुन् ।

प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा समेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुंगोमा पुग्न नसकेको भन्दै महासंघका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

महासंघका अध्यक्ष विपुल पोखरेलसहितको पदाधिकारीसँगको भेटपछि प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पु¥याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई निर्देशन दिएका छन् ।

देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेका छः मन्त्री भुषाल
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताएकी छन् ।

आजदेखी काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याइएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताइन् । उनले मुलुक भित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको दाबी गरिन् ।

मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको पनि उल्लेख गरे । मन्त्री भुषालले अब देशमा चार्जिङ स्टेशनहरु धमाधम निर्माण भैरहेकोले ढुक्कसँग विद्युतिय सवारीको प्रयोग गर्न अनुरोध समेत गरे ।

गाडी, मदिरा, मोबाइलको आयात प्रतिबन्ध असोज २८ सम्म थप
सरकारले विभिन्न ४ प्रकाका वस्तुको आयात प्रतिबन्ध असोज २८ गतेसम्म लम्ब्याएको छ । राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले ४ प्रकारका वस्तुको आयात लम्ब्याएको हो ।

यसअघि विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध गरिएकोमा अब भने ६ प्रकारका वस्तुको आयात खुलाइएको छ । अब जीप, कार भ्यान लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोनहरु र तयारी मदिराको आयात असोज २८ प्रतिबन्ध हुनेछ ।

यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरु, हिरा, रंगिन टीभी, खेलौना, तासजस्ता वस्तुको आयात भने खुलाइएको छ । सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि चार महिनाअघि १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

उच्चस्तरीय तलब सुविधा आयोगद्धारा काम सुरु
उच्चस्तरीय तलब सुविधा आयोगले औपचारिक रुपमा काम थालेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र सेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई आज नियुक्ति पत्र प्रदान गरेका छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा शर्माले आयोगका संयोजक र दुई सदस्यलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । आर्थिक बर्ष २०७९/८० बजेटको बुँदा नम्बर ३६७ मा (राष्ट्र सेवक कर्मचारीको न्यूनतम तलब र सुविधा पुनरावलोकन गर्न र श्रमिकहरुको तलब सुविधाको अध्ययन गरी सरकारलाइ सिफारिस गर्न मन्त्रिपरिषद्ले ६ भदौमा आयोग गठन गरेको थियो ।

पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा आयोग गठन भएको हो । आयोगले सरकारले निर्धारण गरेको मर्यादाक्रम बमोजिम राष्ट्रसेवक कर्मचारीहरूको तलबमान समायोजन गर्न सिफारिस गर्नेछ । त्यस्तै नेपालका सम्पूर्ण श्रमिकहरूको पारिश्रमिक, सेवा तथा सुविधाका मापदण्डहरु पनि सिफारिस गर्नेछ ।

अब डलर कार्डबाट १८ प्रकारका भुक्तानी गर्न नपाइने
राष्ट्र बैंकले क्यासिनो, बिमा तथा डेटिङ लगाएतका सेवाको भुक्तानीमा डलर कार्ड प्रयोगमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वाणिज्य तथा विकास बैंकहरुलाई निर्देशन जारी गर्दै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी नहुने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कोड नम्बरका आधारमा राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रहरुमा क्यासिनोदेखि अनलाइन जुवासम्म रहेका छन् । त्यस्तै डलर कार्डबाट विदेशमा कसैलाई रकम स्थानान्तरण गर्न पाइने छैन ।

प्रत्यक्ष बीमा सेवामा भुक्तानी गर्न, स्टाम्प तथा सिक्काको भुक्तानी गर्न, विदेशी वित्तीय संस्थाका सदस्यलाई नगद, व्यापारिक सामान तथा सेवाको भुक्तानी गर्न पनि डलर कार्डको प्रयोग गर्न पाइने छैन । बैंकले विदेशी धितोपत्र ब्रोकर तथा डिलरलाई भुक्तानी गर्न पनि नपाइने जनाएको छ ।

मंगलबार थप २५७ जनामा कोरोना संक्रमण
नेपालमा थप २ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ४ सय ५८ पिसिआर परिक्षणका क्रममा १ सय ४३ जना र २ हजार ४ सय ६३ एन्टीजेन परिक्षणका क्रममा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २ सय ३२ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा ३ हजार १ सय ४६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६८८ पुगेको छ ।

सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन मध्यपुर थिमिको अल्टिमेटम
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सडक अतिक्रमण हुने गरी बनाइएका संरचनाहरू ३५ दिनभित्र हटाइ सक्न निर्देशन दिएको छ ।

नगरपालिकाले आज सूचना जारी गर्दै सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना ३५ दिनभित्र नहटाएमा कारबाही गरिने बताएको हो ।

अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्ड विपरीत संरचना बनाइएको पाइएको नगरपालिकाले जनाएको छ । मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्नेलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

गौतमबुद्ध विमानस्थलबाट जजीरा र बीज एयरवेजल नियमित उडान गर्ने
कुवेतको जजीरा एयरवेजले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ । गौतमबुद्ध विमानस्थलबाट कुबेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ गते देखि दैनिक उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यो गन्तव्यमा यात्रु अकुपेन्सी बढ्दो क्रममा रहेको प्रक्षेपणसहित उडान सङ्ख्या थपिएको जानकारी दिनुभयो । कुवेती एयरलाइन्सले मध्यपूर्वका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र युरोपमा उडान सञ्चालन गर्दै आएको छ ।

जेठ २ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले मात्र अन्तरराष्ट्रिय उडान गरिरहेको छ । थप एयरलाइन्सले पनि भैरहवाबाट उडान सञ्चालनमा चासो देखाएको प्राधिकरणले जनाएको छ ।

सरकारले १७ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्ने
सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

बैठकले भदौ २४ गतेदेखि २६ गतेसम्म भुटानमा आयोजना हुने इसिमोडको ५३ औं बोर्ड अफ गभर्नरको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृति प्रदान गरेको छ भने जि टु जी प्रावधान अन्तर्गत भारत सरकारसंग हस्ताक्षर भएको समझदारी पत्रमा भएको व्यवस्था बमोजिम मल खरिद गर्न समझदारीको बाँकी अवधिको जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

केन्याविरुद्धको टी–ट्वान्टी सिरिज नेपाललाई
केन्याविरुद्धको ५ टी–ट्वान्टी खेलको सिरिज नेपालले जितेको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको अन्तिम टी–ट्वान्टी खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गरेको हो ।

१ सय ७६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको हो । केन्याको लागि नेहेम्याह ओधियाम्बोले ३७ र इरफान करिरमले २८ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसिर अहमदले २–२ तथा करन केसी, मोहम्मद आदिल आलम, र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको हो । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, नेपालका ओपनर अर्जुन साउदले २९ रन बनाए । मल्ल र साउदले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रनको स्कोर बनाएका थिए । केन्याका लागि नेहेमिया ओडिम्बो, सेम गोचे र भ्राज पटेलले समान २–२ विकेट लिए । दुई राष्ट्रबीचको ३ खेलको एकदिवसीय सिरिज शुक्रबार सुरु हुँदैछ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : १२ बजे

बैंकिङ क्षेत्रको नाफा बढ्यो, वाणिज्य बैंक समूह अगाडि

काठमाडौं– बैंकिङ क्षेत्रको नाफामा वृद्धि भएको छ । नेपाल राष्ट्र

१६ महिनापछि स्थापना भयो भूकम्प पुननिर्माण आयोजना इकाई 

सुर्खेत– भूकम्प गएको १६ महिनापछि भूकम्प पुननिर्माण आयोजना इकाई कार्यालय

डा. सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी, दोस्रो पटक सोधियो स्पष्टीकरण 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौँ तह) का

रुपन्देही अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पुगेका

बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा

 इटहरी– विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा