अब डलर कार्डबाट १८ प्रकारका भुक्तानी गर्न नपाइने | Khabarhub Khabarhub

अब डलर कार्डबाट १८ प्रकारका भुक्तानी गर्न नपाइने


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- राष्ट्र बैंकले क्यासिनो, बिमा तथा डेटिङ लगाएतका सेवाको भुक्तानीमा डलर कार्ड प्रयोगमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वाणिज्य तथा विकास बैंकहरुलाई निर्देशन जारी गर्दै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी नहुने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कोड नम्बरका आधारमा राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रहरुमा क्यासिनोदेखि अनलाइन जुवासम्म रहेका छन् । त्यस्तै डलर कार्डबाट विदेशमा कसैलाई रकम स्थानान्तरण गर्न पाइने छैन ।

प्रत्यक्ष बीमा सेवामा भुक्तानी गर्न, स्टाम्प तथा सिक्काको भुक्तानी गर्न, विदेशी वित्तीय संस्थाका सदस्यलाई नगद, व्यापारिक सामान तथा सेवाको भुक्तानी गर्न पनि डलर कार्डको प्रयोग गर्न पाइने छैन । बैंकले विदेशी धितोपत्र ब्रोकर तथा डिलरलाई भुक्तानी गर्न पनि नपाइने जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : ४३ बजे

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको सामान्य चुनौती

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं

सीजी डीजिटलको बुटवलमा २१ शोरूम उद्घाटन

बुटवल– सीजी इलेक्ट्रोनिक्सले आफ्नै इलेक्ट्रोनिक्स ब्रान्डको शोरूम ‘ सीजी डिजिटल आदर्श नगर

छाप्न थालेको दुई हप्तामा पनि सेवाग्राहीले पाएनन् लाइसेन्स, विदेश जानेहरु मर्कामा

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको यातायात व्यवस्था विभागले डेढ

पहिलो चौमासिकमा छ प्रतिशत विकास खर्च

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-३ को पहिलो चौमासिकमा सरकारको विकास

न्युजिल्याण्डमा वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढ्यो

एजेन्सी– न्युजिल्याण्डमा अक्टोबर सन् २०२५ सम्म वार्षिक खाद्य मूल्य ४.७