नेपालमा लगानी भित्र्याउन राजदूतसमक्ष चेम्बरको आग्रह « Khabarhub

नेपालमा लगानी भित्र्याउन राजदूतसमक्ष चेम्बरको आग्रह


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  नेपाल चेम्बर अफ कमर्शले नेपालमा व्यापार प्रवद्र्धन तथा लगानीको वातावरण निर्माण गर्न राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकु¥याललाई आज भेटेर कोरियाबाट नेपालमा लगानी भित्र्याउनका लागि आवश्यक पहल गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष मल्लले इपिएस भाषा परीक्षामार्फत नेपालबाट ७७ हजार नेपाली युवा दक्षिण कोरिया पुगेको बताउँदै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि पहल गर्न आग्रह गरे । नेपालीकै सीप र लगानीलाई प्रवद्र्धन गर्न सकियो भने मुलुकले धेरै फाइदा लिनसक्ने उनको भनाइ छ ।

‘नेपाल हाउसको अवधारणाअन्तर्गत स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने प्रचुर सम्भावना छ, पछिल्लो समय पश्मिना, हस्तकलाका सामग्री, जडीबुटी, भीरमह लगायतको माग कोरियामा बढ्दो छ’, उनले भने । कोरियाली बहुर्राष्ट्रिय कम्पनी नेपालमा स्थापनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा प्याकु¥यालको ध्यानाकर्षण गराए ।

भेटमा नवनियुक्त राजदूत प्याकुु¥यालले आफ्नो कार्यकालमा लगानी प्रवद्र्धन र दुई पक्षीय व्यापार नै पहिलो प्राथमिकता हुने बताए। ‘एसियाको महत्वपूर्ण आर्थिक शक्तिराष्ट्र दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन मेरो मुख्य प्राथमिकता हुनेछ’, उनले भने।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १० : ५५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ