नेपालमा लगानी भित्र्याउन राजदूतसमक्ष चेम्बरको आग्रह « Khabarhub

नेपालमा लगानी भित्र्याउन राजदूतसमक्ष चेम्बरको आग्रह


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  नेपाल चेम्बर अफ कमर्शले नेपालमा व्यापार प्रवद्र्धन तथा लगानीको वातावरण निर्माण गर्न राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकु¥याललाई आज भेटेर कोरियाबाट नेपालमा लगानी भित्र्याउनका लागि आवश्यक पहल गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष मल्लले इपिएस भाषा परीक्षामार्फत नेपालबाट ७७ हजार नेपाली युवा दक्षिण कोरिया पुगेको बताउँदै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि पहल गर्न आग्रह गरे । नेपालीकै सीप र लगानीलाई प्रवद्र्धन गर्न सकियो भने मुलुकले धेरै फाइदा लिनसक्ने उनको भनाइ छ ।

‘नेपाल हाउसको अवधारणाअन्तर्गत स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने प्रचुर सम्भावना छ, पछिल्लो समय पश्मिना, हस्तकलाका सामग्री, जडीबुटी, भीरमह लगायतको माग कोरियामा बढ्दो छ’, उनले भने । कोरियाली बहुर्राष्ट्रिय कम्पनी नेपालमा स्थापनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा प्याकु¥यालको ध्यानाकर्षण गराए ।

भेटमा नवनियुक्त राजदूत प्याकुु¥यालले आफ्नो कार्यकालमा लगानी प्रवद्र्धन र दुई पक्षीय व्यापार नै पहिलो प्राथमिकता हुने बताए। ‘एसियाको महत्वपूर्ण आर्थिक शक्तिराष्ट्र दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन मेरो मुख्य प्राथमिकता हुनेछ’, उनले भने।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १० : ५५ बजे

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौं– वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू