सोभियत नेता गोर्बाचोभको निधन « Khabarhub

सोभियत नेता गोर्बाचोभको निधन


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९८५ मा सत्तामा पुगेका गोर्बाचेभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए ।

तर उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो । उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन् । ‘मिखाइल गोर्बाचेभ एक दयालु राजनीतिज्ञ थिए’ महासचिव गुटेर्रेसले भनेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्बाचेभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘राष्ट्रपति पुटिनले मिखाइल गोर्बाचेभको मृत्युप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ । ’

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ३० बजे

ओमानका सुल्तानसँग वार्तापछि पाकिस्तानतिर इरानी विदेशमन्त्री, इस्लामाबादबाट मस्को जाने

तेहरान– इरानका विदेश मन्त्री अब्बास अरघाची र ओमानका सुल्तान हैथम

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तर्राष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय

स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल

काठमाडौं– सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित

क्रिकेट रंगशाला खाली गर्न क्यानलाई त्रिविको ३५ दिने अल्टिमेट

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो हाताभित्रको क्रिकेट रंगशाला खाली गर्न

शिक्षकलाई झपार्ने सांसद्को ‘प्रधानपञ्च’ शैली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद् विश्वराज पोखरेलले ओखलढुङ्गा जिल्लाको