लाल सिंह चड्ढाको पारिश्रमिक नलिने आमिरको घोषणा | Khabarhub Khabarhub

लाल सिंह चड्ढाको पारिश्रमिक नलिने आमिरको घोषणा


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि फिल्म उनको आशामा निराशा बन्यो । फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको छ ।

फिल्मले विदेशमा औषत प्रदर्शन गरेको छ । ठूलो बजेटमा निर्माण गरिएको यो फिल्मले ६० प्रतिशतभन्दा माथि कमाई बक्सअफिसमा गर्न सकेको छैन । यही कुरालाई दृष्टिगत गरी अभिनेता आमिरले एक महत्त्वपूर्ण निर्णय गरेका छन् ।

फिल्म फ्लप भएपछि आमिरले आफ्नो अभिनय पारिश्रमिक फिर्ता दिने निर्णय गरेका छन् । उनले फिल्मका लागि भएका सम्पूर्ण नोक्सानीको भरपाई गर्ने घोषणा गरेका छन् ।

‘यदी आमिर आफ्नो पारिश्रमिक लिन्छन् भने वायकम १८ स्टुडियोलाई करिब १०० करोड रुपैंयाँ नोक्सान हुन्छ । यस्तो अवस्थामा आमिरले आफैँ नोक्सानको भरपाई गर्ने निर्णय लिएका छन् । यो निर्णयले निर्माताहरुले कम घाटा व्यहोर्नु पर्नेछ’, फिल्म निकट स्रोतले भनेको छ ।

आमिरले फिल्म फ्लप हुने जिम्मेवारी आफैँले लिएका छन् । उनले फ्लपको दोष अरू कसैलाई नजाओस् भन्ने चाहेका छन् । ‘फिल्मका लागि उनले चार वर्ष समय दिए, तर उनले एक पैसा पनि कमाएनन् । फिल्मका लागि उनको पारिश्रमिक सय करोडमाथि थियो । तर असफलताको जिम्मेवारी लिँदै उनले सबै नोक्सानको आफैँ भरपाई गर्ने निर्णय लिएका छन्’, स्रोतले भनेको छ ।

रक्षा बन्धनमा रिलिज फिल्ममा आमिरका अलावा करीना कपूर, मोना सिंह र साउथ अभिनेता नागार्जुनको पनि अभिनय थियो । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक हो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ११ : ४८ बजे

झलनाथ पत्नीलाई घरभित्रै थुनेर आगो लगाइयो, अवस्था गम्भीर

काठमाडौँ- जेन-जी पुस्ताका नाममा भएको आन्दोलन केही स्थानमा अराजक बनेको

सचिवालयमार्फत गगनले भने- म सुरक्षित छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण भएपछि महामन्त्री गगनकुमार

सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

काठमाडौं – ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी  भएको

शीतल निवासमा आगो, राष्ट्रपतिलाई सेनाले शिवपुरी लग्यो

काठमाडौँ- जेन-जीका नाममा भएको आन्दोलनका सहभागीहरूले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पनि

कहाँ गए त ओली ?

काठमाडौं– सिंहदरबार छोडेका प्रधानमन्त्री केपी शर्मा ओली कहाँ गए भन्ने