श्रृजनशील लघुवित्तको आईपीओ आजबाट बिक्री खुला | Khabarhub Khabarhub

श्रृजनशील लघुवित्तको आईपीओ आजबाट बिक्री खुला


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रृजनशील लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरूका लागि छुटाइएको छ ।

बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा १९ भदौसम्म आवेदन दिन सकिनेछ । सोअवधिमा सबै सेयर बिक्री नभएमा २९ भदौसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले श्रृजनशील लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १२ : ३६ बजे

धान रोपाइँमा कृषिमन्त्री (तस्बिरहरू)

काठमाडौं–  नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा २२ औँ

माधव नेपालबारे रामकुमारीको टिप्पणीले तरङ्ग, भनेकी थिइन्, ‘काँधमा सिनो हालेर पार्टी चल्दैन’

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको भनाइले तरंग ल्याएको

दही चिउरासँग धेरै गुलियो नखान सुझाव

आज असार १५ धान दिवस तथा दही चिउरा खाने दिनका

फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

ताप्लेजुङ– ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका

मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीनजनाको मृत्यु

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा