वर्षेनी हात्तीको आक्रमणबाट नागरिकको अकालमै मृत्यु « Khabarhub

वर्षेनी हात्तीको आक्रमणबाट नागरिकको अकालमै मृत्यु


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जङ्गली हात्तीको आक्रमणबाट नेपालमा वर्षेनी नागरिकको ज्यान जाने क्रम बढेको छ । यही भदौ १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट १८ वर्षीया मीना जोशीको ज्यान गयो । घरनजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको थियो । वर्षेनी  जङ्गली हात्तीको आक्रमणबाट नागरिकको अकालमै ज्यान गएको भए पनि मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रणको उपाय नखोजिएको हात्ती पीडितको आरोप छ ।

संरक्षित क्षेत्र (निकुञ्ज–आरक्ष) र नजिकको बस्ती क्षेत्रमा हात्तीको आक्रमणबाट पछिल्लो १७ वर्षमा कम्तीमा दुई सयको मृत्यु भएको पाइएको छ । निकुञ्ज-आरक्ष रहेकोभन्दा बाहिरका जिल्लामा हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका अनुसार हालसम्म झापामा मात्रै ३७ को मृत्यु भएको छ । 

यसैगरी बर्दियामा ३५, चितवनमा २०, सप्तरी र बारामा १३-१३, सर्लाहीमा १२, पर्सामा ११, सुनसरी र उदयपुरमा नौ-नौ धनुषा र सिन्धुलीमा आठ-आठ मोरङमा सात, सर्लाही र रौतहटमा छ-छ, मकवानपुरमा तीन र कञ्चनपुरमा यही भदौ १३ गते एकको ज्यान गएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डिलबहादुर पुर्जापुनका अनुसार पछिल्ला वर्षमा हात्ती, बाघ र गैँडालगायत वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । यसरी ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरूप १० लाख दिने नीतिगत व्यवस्था गरिएको भए पनि हात्ती नियन्त्रणको उपायमा भने ध्यान पुग्न सकेको छैन । 

घाइते हुने व्यक्तिहरूका साथै बाली र घरगोठमा क्षति पुगेका परिवारलाई पनि १० देखि ३० हजारसम्म क्षतिपूर्तिको व्यवस्था गरिएको छ । मानवीय बस्तीमा पसेर पटक-पटक वितण्डा मच्चाएकामध्ये अहिलेसम्म विभिन्न स्थानमा आठ वटा हात्तीको घाँटीमा रेडियो कलर जडान गरेर सरकारले तिनीहरूको आउजाउ अनुगमन गरिरहेको सूचना अधिकारी पुर्जापुनले बताए ।

हात्तीका लागि उपयुक्त बासस्थान पछिल्लो समय विभिन्न कारणले खण्डीकृत हुँदै गएको तथा हात्ती हिँड्ने बाटो (करिडोर) कृषिकर्म, सहरको विस्तारलगायतका कारण अतिक्रमणमा परेका कारण जङ्गली हात्ती मानवीय वस्तीमा पस्ने र वितण्डा मच्चाउने गरेको अनुमान गरिएको छ । सरकारले अघि बढाएको पूर्व-पश्चिम विद्युतीय रेलमार्ग, विद्युत् प्रसारण लाइन, सिँचाइ, सडक विस्तारलगायतले बासस्थान खल्बलिएपछि हात्तीको ओहोर-दोहोरमा समस्या आएको विज्ञहरूको बुझाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १ : ०७ बजे

आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित

काठमाडाैं । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आज भएको खेलमा

जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ – मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

मध्यविन्दुमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

ट्रम्पले भने : इरानविरुद्धकाे सबै कार्ड अमेरिकाको हातमा छ

वासिङ्टन – इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

स्पोटिफाईको २० वर्षे इतिहासमा सबैभन्दा बढी सुनिने कलाकार बनिन् टेलर स्विफ्ट

काठमाडौं – अडियो प्लेटफर्म ‘स्पोटिफाई’मा सबैभन्दा बढी स्ट्रिमिङ हुने कलाकारको