संसद्को कार्यकाल सकिनै लाग्दा सुदूरपश्चिममा पहिलो दल बन्दै माओवादी « Khabarhub

संसद्को कार्यकाल सकिनै लाग्दा सुदूरपश्चिममा पहिलो दल बन्दै माओवादी


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बन्ने भएको छ । हाल प्रदेश सभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेश सभा सदस्य (तारा लामा तामाङ र कुलवीर चौधरी) एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने छन् । १४ प्रदेश सभा सदस्यसहित ठूलो पार्टी बनेको नेकपा एसका दुई सदस्य निलम्बनमा परेमा अब उसँग १२ प्रदेश सभा सदस्य मात्रै हुने छन् ।

नेकपा एसका प्रदेश सभा सदस्यको संख्या १२ मात्रै रहेपछि १३ प्रदेश सभा सदस्य रहेको माओवादी प्रदेशको ठूलो दल बन्ने भएको छ । २०७४ मा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एक जना (झपट बोहरा) एमालेमा गएसँगै उसँग १३ जना मात्रै थिए ।

२०७४ को निर्वाचनपछि २४ प्रदेश सभा सदस्यसहित ठूलो दल बनेको एमाले विभाजित भएपछि १४ प्रदेश सभा सदस्यसहित नेकपा एस प्रदेश सभाको ठूलो दल बनेको थियो । तर प्रदेश सभाको कार्यकाल सकिनै लाग्दा नेकपा एसका दुई प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरी एमालैमै फर्केका छन् । नेकपा एस दोस्राे ठूलाे दल बन्ने छ । ११ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेस तेस्राे र १० प्रदेश सभा सदस्य रहेको एमाले चौथो दल बनेका छन् । एक-एकजना प्रदेश सभा सदस्यको जसपा र लोसपा चौथो दल बन्ने छन् ।

५३ प्रदेश सदस्य रहेको प्रदेश सभामा थप दुई जना निलम्बन हुँदा ४७ सदस्य रहने छन् । ५३ मध्ये एक जना सभामुख र एक जना उपसभामुख छन् ।

हाल नेपाली कांग्रेसबाट डडेल्धुराका कर्ण मल्ल, माओवादीबाट अछामका झपट बोहरा निलम्बनमा परेका छन् ।
नेकपा एसबाट एमालेमा गएका प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरीलाई नेकपा एसको संसदीय दलले कारबाहीका लागि संसद् सचिवालयमा पत्र पठाउनुपर्ने छ । संसदीय दलले कारबाहीका लागि पठाएको पत्रका आधारमा सभामुखले सूचना टाँसेर वा प्रदेश सभामा जानकारी गराएर संसद् नरहेको जानकारी गराउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ४ : ५३ बजे

 एमालेको महाधिवेशन : भोट हाल्न लाइन लाग्दै प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले