कैलाली ४ बाट नैनसिंह महर सिफारिस « Khabarhub

कैलाली ४ बाट नैनसिंह महर सिफारिस


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय समिति ४ ले सिफारिस गरेको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को आज बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो ।

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका यसै ४ नम्बर क्षेत्रमा पर्छ । पूर्वमाओवादीका सुदूरपश्चिम इन्चार्ज तथा हाल नेकपा एमाले केन्द्रीय कमिटी सचिव लेखराज भट्टले यसै क्षेत्रबाट २०६४, २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए । २०७० सालमा कांग्रेस नेता दीर्घराज भाट विजय भएका थिए ।

नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महर युवा माझ लोकप्रिय तथा प्रभावशाली मानिन्छन् । पूर्वमन्त्रीसमेत रहेका लेखराज भट्टलाई विजय गराउन सुदूरपश्चिमका १६ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठाको रूपमा लिएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : ५६ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको