गृहमन्त्रीद्वारा चट्याङबाट घाइते भएकाको अवस्थाबारे जानकारी « Khabarhub

गृहमन्त्रीद्वारा चट्याङबाट घाइते भएकाको अवस्थाबारे जानकारी


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले दाङको घोराही उपमहानगरपालिका–१२ स्थित कुलवीर बुढाको घरमा चट्याङ पर्दा घाइते भएकाको अवस्थाबारे जानकारी लिएका छन् । उनले आज दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र जिल्लाका प्रहरी उपरीक्षक वीरबहादुर ओलीलाई टेलिफोन गरी घाइतेको अवस्थाबारे जानकारी लिएका हुन् । 

घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिँदै गृहमन्त्री खाणले जिल्लामा रहेको स्रोत र साधनबाट सम्भव नहुने भए केन्द्रमा जानकारी गराउन भनेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

चट्याङ लागेर १६ वर्षीय दीपा घर्ती र १९ वर्षीय मनिषा शाहको मृत्यु भएको दाङका प्रहरी उपरीक्षक ओलीले जानकारी दिएका छन्। चट्याङ लागेर नौ जना घाइते भएकामा पाँच जनाको सामान्य र अन्यको अवस्था मध्यम रहेको पनि उनले बताए ।

घाइते हुनेमा १५ वर्षीय निरुता शाह, जयन्ती घर्ती, १६ वर्षकी यामुसरी थापा र ३८ वर्षकी यमकुमारी शाहको अवस्था मध्यम रहेको जनाइएको छ । घटना सडकमार्गविहीन विकट क्षेत्रमा भएको जनाइएको छ । त्यस्तै घटनामा १४ वर्षीय अञ्जना घर्ती, ३८ वर्षीय बेलकुमारी घर्ती १५ वर्षकी सावित्रा वली, ४२ वर्षकी मनकुमारी वली र ४ वर्षीया जेनिशा शाह सामान्य घाइते भएका जनाइएको छ । उनीहरूलाई यथाशक्य उपचारको व्यवस्था गर्न गृहमन्त्री खाणले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : २२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी