जबराले महाअभियोग सिफारिस समितिको औचित्यमाथि नै उठाए प्रश्न « Khabarhub

जबराले महाअभियोग सिफारिस समितिको औचित्यमाथि नै उठाए प्रश्न


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाएका छन् । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा दोश्रो दिन बयान दिने क्रममा उनले महाअभियोगमा प्रस्तावक रहेका सांसद छानविन समितिमा रहनु न्यायोचित नभएको भन्दै समितिको औचित्यमाथि नै प्रश्न उठाएका हुन् । त्यस्तै उनले समितिको असक्षम र पूर्णतः विफल भएको भन्ने आरोप पनि उचित नभएको बताए । बिहीबार जबरामाथि दुईवटा प्रश्न सोधिएको थियो । समितिका सभापति रामबहादुर विष्टले अर्को बैठक आइतबार बस्ने र थप प्रश्न सोधिने जानकारी दिए । उनले प्रश्नको जवाफ जबराले दिइरहेको भन्दै जवाफका बारेमा पछि छलफल हुने र निष्कर्षमा पुगिने बताए । मंसिर ४ गते चुनाव रहेकाले त्यसअघि नै सबै प्रक्रिया पुरा हुने उनको भनाई छ । 

छलफलपछि कांग्रेस सांसद मीन विश्वकर्माले बिहीबार ५ र ६ नम्बरको प्रश्न सोधिएको बताए । बयानका क्रममा जबराले आफ्नो बचाउको लागि राखेका विषयलाई समितिले स्वभाविक रुपमा लिएको उनले बताए । त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले समितिको प्रक्रियाका बारेमा नै प्रश्न उठाएको धारणा राखे । संविधान अनुसार नै समिति गठन भएको र सदस्यहरू रहेको आफूहरूको भनाई रहेको उनले जानकारी दिए । 

समितिले जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ३ : २४ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा