जबराले महाअभियोग सिफारिस समितिको औचित्यमाथि नै उठाए प्रश्न « Khabarhub

जबराले महाअभियोग सिफारिस समितिको औचित्यमाथि नै उठाए प्रश्न


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाएका छन् । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा दोश्रो दिन बयान दिने क्रममा उनले महाअभियोगमा प्रस्तावक रहेका सांसद छानविन समितिमा रहनु न्यायोचित नभएको भन्दै समितिको औचित्यमाथि नै प्रश्न उठाएका हुन् । त्यस्तै उनले समितिको असक्षम र पूर्णतः विफल भएको भन्ने आरोप पनि उचित नभएको बताए । बिहीबार जबरामाथि दुईवटा प्रश्न सोधिएको थियो । समितिका सभापति रामबहादुर विष्टले अर्को बैठक आइतबार बस्ने र थप प्रश्न सोधिने जानकारी दिए । उनले प्रश्नको जवाफ जबराले दिइरहेको भन्दै जवाफका बारेमा पछि छलफल हुने र निष्कर्षमा पुगिने बताए । मंसिर ४ गते चुनाव रहेकाले त्यसअघि नै सबै प्रक्रिया पुरा हुने उनको भनाई छ । 

छलफलपछि कांग्रेस सांसद मीन विश्वकर्माले बिहीबार ५ र ६ नम्बरको प्रश्न सोधिएको बताए । बयानका क्रममा जबराले आफ्नो बचाउको लागि राखेका विषयलाई समितिले स्वभाविक रुपमा लिएको उनले बताए । त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले समितिको प्रक्रियाका बारेमा नै प्रश्न उठाएको धारणा राखे । संविधान अनुसार नै समिति गठन भएको र सदस्यहरू रहेको आफूहरूको भनाई रहेको उनले जानकारी दिए । 

समितिले जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ३ : २४ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा