महागढीमाई नगर प्रमुख र उपप्रमुखबीचकाे विवादले चार महिनादेखि बस्न सकेन नगर सभा | Khabarhub Khabarhub

महागढीमाई नगर प्रमुख र उपप्रमुखबीचकाे विवादले चार महिनादेखि बस्न सकेन नगर सभा


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- नगर प्रमुख उपेन्द्रप्रसाद यादव र उपप्रमुख तारादेवी कानुसहित कार्यपालिकाका बहुमत सदस्यहरूबीचको असमझदारीले महागढीमाई नगरपालिकामा विवाद बढ्दै गएको छ ।  गत स्थानीय निर्वाचनमा दुवै जना नेपाली कांग्रेसबाट विजयी भएका थिए ।

नगरपालिकामा अहिले प्रमुख यादव र उपप्रमुख कानुसहित कार्यपालिका बहुमत सदस्यहरू दुई ध्रुवमा विभाजित भएका छन् । कार्यपालिकामा भने एमाले र जनता समाजवादी पार्टीको बहुमत छ ।

मेयर यादव र कार्यपालिका बहुमत सदस्यहरूबीचको विवादले निर्वाचन सम्पन्न भएको चार महिना बित्न लागिसक्दा पनि नगर सभा बस्न सकेको छैन । नगर सभा हुन नसक्दा चालू आर्थिक वर्षको बजेट पारित हुन नसकेको मात्रै होइन, नगरपालिकाका कर्मचारी, शिक्षकको तलब र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको भत्ता वितरणसमेत रोकिएको छ ।

अल्पमतमा रहेका नगर प्रमुख यादवले सबैको सहमतिमा काम गर्नुको साटो एकलौटी र मनोमानी रूपमा काम गर्न खोजेपछि विवाद चुलिएको उपप्रमुख कानुले बताइन् । अल्पमतमा परे पनि नगर उपप्रमुख कानु र कार्यपालिकाका सदस्यहरूलाई बेवास्ता गर्दै अघि बढ्न खोजेपछि मेयर यादवलाई नगर सभा गर्न समस्या भएको बताइएको छ ।

आफ्नै पार्टीबाट विजयी उपप्रमुखलाई समेत मेयर यादवले बेवास्ता गरेको आरोप छ । ‘म कार्यपालिका सदस्यहरूलाई विश्वासमा लिएर काम गर्नुपर्ने पक्षमा छु,’ उपप्रमुख कानुले भनिन्, ‘तर मेयर यादवले अन्य दलबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको त कुरै छाडौँ एउटै दलबाट निर्वाचित ममाथि समेत शंका गरेका छन् ।’

११ वटा वडा रहेको महागढीमाईमा कांग्रेसले मेयर र उपमेयरमा जित हात पारे पनि वडाध्यक्षमा भने एमाले र जसपाको बहुमत छ । कार्यपालिकाको सदस्य निर्वाचनको क्रममा उपमेयर कानुलाई मतदान गरेको मतपत्र आफूलाई देखाउन मेयर यादव दबाब दिएपछि दुवैबीच अविश्वास सुरु भएको थियो ।

आफूले मतदान गरे पनि कार्यपालिका सदस्यमा कांग्रेस उम्मेदवारहरू पराजित बनेपछि मेयर यादव अराजनीतिक रूपमा प्रस्तुत हुन थालेको र आफूमाथि बारम्बार अभद्र व्यवहारसमेत हुँदै आएको उपमेयर कानुले आरोप लगाइन् ।

कार्यपालिकाका सबै सदस्यमा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारहरू विजयी बनेका थिए । उपमेयर कानुको कार्यकक्षमा मेयर यादवले सुनियोजित ढंगले तोडफोड गर्न लगाएको आरोप पनि छ । अस्पतालको सामान्य विषयलाई बहाना बनाएर आफ्ना नजिकका महिलालाई प्रयोग गरेर मेयर यादवले कायकक्षको ढोका तोडफोड गर्न लगाएको मेयर यादवमाथि आरोप लाग्दै आएको छ ।

११ वटा वडा रहेको महागढीमाई नगरपालिकामा कांग्रेस र एमालेबाट चार/चारजना वडाध्यक्ष विजयी बनेका छन् । जसपाबाट दुई र एकीकृत समाजवादीबाट एक जना वडाध्यक्षमा विजयी भएका छन् । नगर कार्यपालिका सदस्यको निर्वाचनपछि भने नगर कार्यपालिकामा विपक्षी दलहरूको दुई तिहाइभन्दा बढी मत छ ।

अल्पमतमा परेपछि नगर प्रमुख यादवले एकलौटी रूपमा नगर सभा गराउने असफल प्रयाससमेत गरेका थिए । नगरपालिका बोर्डमा अल्पमतमा परेपछि सबैको सहमतिमा काम गर्नुको विकल्प नभएको उपप्रमुख कानुको भनाइ छ । मेयर यादवको अराजनीतिक र असहिष्णु व्यवहारले नगरपालिका अस्तव्यस्त बनेको कार्यपालिकाका एक सदस्यले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ३ : ५३ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ