अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । यही भाद्र २९ देखि १ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

भारतको दार्जिलिङ, कलकत्ता र सिक्किमको टोली सहभागी हुने सिमरा भेट्रान क्लबका संयोजक हरि चौधरीले जानकारी दिए । नेपालका चितवन, पर्सा, बारा, काठमाडौं, पोखरा, बुटवल, झापा, विराटनगरलगायतका भेट्रान टिमको प्रतियोगितामा सहभागिता रहने छ । देशी विदेशी गरी १९ वटा टिमले खेल्ने चौधरीले जानकारी दिए ।

दैनिक ४ वटा टिमले खेल्ने प्रतियोगितामा अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको नियम र मापदण्ड अनुसार एक टिममा गोलकिपर सहित ८ जना खेलाडीलाई सहभागी गराइने छ । प्रतियोगितामा पहिलो हुने टिमले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुनेले ७५ हजार रुपैयाँ र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक खेलमा एक जनालाई तीन हजारका दरले म्यान अफ दि म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई तीन हजार ५ सय रुपैयाँ प्रदान गरिने बताइएको छ । बारा जिल्लाको खेलकुदको विकास र सिमराको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले मधेस प्रदेशमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको भेट्रान प्रतियोगिता गर्न लागिएको सिमरा भेट्रान क्लबका अध्यक्ष विजय ९राजकपुर० राउतले जानकारी दिए ।

सिमरा रंगशालामा हुने प्रतियोगितामा अनुमानित १० लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । २०२० फागुन १६ मा जन्मिएकी मन्जुदेवी गुप्ताको सामाजिक महिलाको रूपमा सक्रिय रहँदै गर्दा ४४ वर्षको उमेरमा २०६४ पौष २१ गते स्वर्गारोहण भएको थियो ।

उनकै स्मृतिमा स्थानीय युवाको अगुवाइमा प्रतियोगिता आयोजना गर्न लागिएको भेट्रान सिमराका अध्यक्ष राउतले बताए ।
सिमरामा २०७४ सालमा पहिलो भेट्रान कप सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ६ : १६ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना