अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने « Khabarhub

अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । यही भाद्र २९ देखि १ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

भारतको दार्जिलिङ, कलकत्ता र सिक्किमको टोली सहभागी हुने सिमरा भेट्रान क्लबका संयोजक हरि चौधरीले जानकारी दिए । नेपालका चितवन, पर्सा, बारा, काठमाडौं, पोखरा, बुटवल, झापा, विराटनगरलगायतका भेट्रान टिमको प्रतियोगितामा सहभागिता रहने छ । देशी विदेशी गरी १९ वटा टिमले खेल्ने चौधरीले जानकारी दिए ।

दैनिक ४ वटा टिमले खेल्ने प्रतियोगितामा अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको नियम र मापदण्ड अनुसार एक टिममा गोलकिपर सहित ८ जना खेलाडीलाई सहभागी गराइने छ । प्रतियोगितामा पहिलो हुने टिमले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुनेले ७५ हजार रुपैयाँ र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक खेलमा एक जनालाई तीन हजारका दरले म्यान अफ दि म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई तीन हजार ५ सय रुपैयाँ प्रदान गरिने बताइएको छ । बारा जिल्लाको खेलकुदको विकास र सिमराको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले मधेस प्रदेशमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको भेट्रान प्रतियोगिता गर्न लागिएको सिमरा भेट्रान क्लबका अध्यक्ष विजय ९राजकपुर० राउतले जानकारी दिए ।

सिमरा रंगशालामा हुने प्रतियोगितामा अनुमानित १० लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । २०२० फागुन १६ मा जन्मिएकी मन्जुदेवी गुप्ताको सामाजिक महिलाको रूपमा सक्रिय रहँदै गर्दा ४४ वर्षको उमेरमा २०६४ पौष २१ गते स्वर्गारोहण भएको थियो ।

उनकै स्मृतिमा स्थानीय युवाको अगुवाइमा प्रतियोगिता आयोजना गर्न लागिएको भेट्रान सिमराका अध्यक्ष राउतले बताए ।
सिमरामा २०७४ सालमा पहिलो भेट्रान कप सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ६ : १६ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६