मतदाता नामावलीमा दोहोरिएका र मृत्यु भएकाको विवरण हटाउन एमाले रुपन्देहीको माग | Khabarhub Khabarhub

मतदाता नामावलीमा दोहोरिएका र मृत्यु भएकाको विवरण हटाउन एमाले रुपन्देहीको माग


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले मतदाता नामावली विवरणमा दोहोरिएका तथा मृत्यु भएकाको विवरण हटाउन माग गरेको छ ।

रुपन्देही जिल्लामा मतदाता नामावली दोहोरो हुनुका साथै मृत्यु भएकाहरूको नामावलीसमेत मतदाताका रूपमा रहेको भएको भन्दै ती नामावली हटाउन माग गर्दै नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय भैरहवामा ज्ञापन पत्र बुझाएको छ ।

नेकपा एमाले बुटवल उपमहानगर पालिकाका अध्यक्ष किशन ज्ञवालीद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ‘रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा ठूलो संख्यामा मतदाता नामावली दोहोरिएको पाइएकोले सो सम्बन्धमा निर्वाचन कार्यालयलाई नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै त्यस्ता दोहोरिएका नामावली तत्काल हटाउन जोडदार माग गर्दछौँ ।’

नमूना अध्ययनले अहिलेसम्म बुटवलमा ८ सय २ जना, तिलोत्तमामा २ सय ९० जना, सैनामैनामा ३ सय ३८ जना र देवदहमा ९२ जनाको मतदाता नामावली दोहोरिएको देखाएको बताउँदै अध्यक्ष किशन ज्ञवालीले निर्वाचनको आधार स्रोत नै त्रुटिपूर्ण भएपछि निष्पक्ष निर्वाचन हुन सम्भव नभएको बताए ।

विज्ञप्तिमा लेखिएको छ, ‘यस्तो प्रवृत्तिले लोकतन्त्रको चीरहरण गर्ने निश्चित छ । त्यसैले संलग्न बमोजिम रहेका दोहोरिएका नाम हटाउन र अन्य पालीका र अन्तरपालिकामा रहेका दोहोरिएका नाम पहिचान गरी हटाउन हाम्रो पार्टीको तर्फबाट निर्वाचन आयोगलाई हार्दिक अनुरोध गर्दछौँ ।’

यसका अतिरिक्त दुखद तथा असामयिक कारणले निधन भएका नागरिकको समेत नाम मतदाता नामावलीबाट हटेको छैन र त्यस्ता व्यक्तिको नाममा अरूले मतदान गरेको समेत भेटिएको हुनाले निर्वाचन कार्यालयबाट पालिकाका प्रत्येक वडामा कर्मचारी खटाई त्यस्ता मतदाताको नामावली समेत हटाउन विज्ञप्तिमा माग गरिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो नमूना अध्ययनको आधारमा बुटवलको मतदाता नामावलीमा नाम रहेका ९० वर्ष भन्दा माथिका व्यक्तिहरूको संख्या ४ सय ८५ भन्दा बढी रहेको छ । त्यसका अतिरिक्त विभिन्न वडाहरूबाट प्राप्त सूचनाका आधारमा २ सय ८५ जना व्यक्तिहरू अहिले नभएको प्रस्तुत तथ्यले देखाउँछ । यस विषयमा सत्य तथ्य छानबिन गरी तत्काल आवश्यक प्रक्रिया अगाडी बढाउन जरुरी देखिन्छ ।’

मृत्यु भएका र दोहोरिएका व्यक्तिहरूको नामावलीको विवरण सहित जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीलाई विज्ञप्ति बुझाउँदै नेकपा एमाले बुटवल उपमहानगरपालिकाका अध्यक्ष किशन ज्ञवालीले निर्वाचनको प्रक्रियालाई स्वच्छ एवं निश्पक्षरुपमा सम्पन्न गर्नका लागि आवश्यक छानबिन गरी दोहोरिएका र मृत्यु भएका सम्पूर्ण व्यक्तिहरूको नामावली हटाउन माग गरे ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले दोहोरीका नामावली हटाउने प्रतिबद्धता व्यक्त गर्दै मृत्यु भएकाहरूको नामावली हटाउनका लागि प्रक्रियामा जानु पर्ने भएकाले केही समय लाग्ने बताएका थिए । ‘१४ हजार डाटा आएको छ’ भण्डारीले भने, ‘तीन कुरा मिले मात्रै सहज हुन्छ ।हटाउनका लागि वडाबाट नै पर्याप्त डकुमेन्ट आउनुपर्छ ।

विज्ञप्ति बुझाउने कार्यक्रममा नेकपा एमाले बुटवल उप महानगर पालिकाका अध्यक्ष किशन ज्ञवाली, नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य तथा क्षत्रिय संयोजक बाबुराम पन्थी, जिल्ला सदस्य तथा नगर इन्चार्ज ऋषिराम पाडे, जिल्ला सदस्य तथा नगर सह इन्चार्ज यम पाण्डे, प्रदेश कमिटी सदस्य खिमानन्द भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : २१ बजे

इजरायली आक्रमणमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

तेहरान – इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

जनकपुर – मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना

पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु

पेशावर – पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी

भारत र चीनले गरेको विकासबाट नेपालले लाभ लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई

 काठमाडौं– कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले