गोर्बाचोभको अन्त्येष्टिमा पुटिन सहभागी नहुने « Khabarhub

गोर्बाचोभको अन्त्येष्टिमा पुटिन सहभागी नहुने


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले पुष्टि गरेको छ । पुटिनको कार्यतालिकाले उनलाई शनिबारको कार्यक्रममा उपस्थित हुन अनुमति नदिने प्रवक्ता दिमित्री पेस्कोभले बताए ।

पुटिनले गोर्बाचोभलाई मस्कोको अस्पतालमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । गोर्बाचोभको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको थियो । गोर्बाचोभका सुधारका कार्यले शीतयुद्धको अन्त्य गरे पनि सोभियत युनियन विघटन गरेको थियो, जसका कारण पुटिन क्रुद्ध छन् ।

सन् २००५ मा पुटिनले सोभियत संघको विघटन २०औँ शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक प्रकोप बताएका थिए ।

पश्चिमा देशका वाहवाह बनेका गोर्बाचोभ स्वदेशभित्र भने खलनायक साबित भएका थिए । सोभियत संघको विघटनपछि कतिपय रुसीले उनलाई घृणा गर्थे ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ५८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र