गोर्बाचोभको अन्त्येष्टिमा पुटिन सहभागी नहुने « Khabarhub

गोर्बाचोभको अन्त्येष्टिमा पुटिन सहभागी नहुने


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले पुष्टि गरेको छ । पुटिनको कार्यतालिकाले उनलाई शनिबारको कार्यक्रममा उपस्थित हुन अनुमति नदिने प्रवक्ता दिमित्री पेस्कोभले बताए ।

पुटिनले गोर्बाचोभलाई मस्कोको अस्पतालमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । गोर्बाचोभको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको थियो । गोर्बाचोभका सुधारका कार्यले शीतयुद्धको अन्त्य गरे पनि सोभियत युनियन विघटन गरेको थियो, जसका कारण पुटिन क्रुद्ध छन् ।

सन् २००५ मा पुटिनले सोभियत संघको विघटन २०औँ शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक प्रकोप बताएका थिए ।

पश्चिमा देशका वाहवाह बनेका गोर्बाचोभ स्वदेशभित्र भने खलनायक साबित भएका थिए । सोभियत संघको विघटनपछि कतिपय रुसीले उनलाई घृणा गर्थे ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ५८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना