पाँच फिटको क्यानभासमा नेपालको कला संस्कृति « Khabarhub

पाँच फिटको क्यानभासमा नेपालको कला संस्कृति


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभिन्न देशका डेल्फिक काउन्सिलहरूले १ सेप्टेम्बरमा एकसाथ आयोजना गरेको एक दिने चित्रकला कार्यशाला ‘डेल्फिक आर्ट वाल कोलिशन’ नेपालमा पनि आयोजना गरिएको छ । गत वर्ष नेपालमा गठन भएको ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को नेपाल च्याप्टर ‘नेसनल डेल्फिक काउन्सिल नेपाल’को आयोजनामा बिहीबार काठमाडौँको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा कार्यशाला सम्पन्न गरिएको हो ।

उक्त कार्यशालामा आठ वर्षदेखि ७० वर्षसम्मका ७५ जना विद्यार्थी तथा पेसागत चित्रकारहरूले पाँच फिट उचाइ तथा एक सय फिट लम्बाइ रहेको एउटै क्यानभासमा ‘नेपालको कला संस्कृति’ विषयमा आधारित रही विभिन्न चित्रकला तयार पारेका छन् । १० बजेदेखि सुरु भएको चित्रकला कार्यशाला साँझ ५ बजेसम्म सञ्चालनमा थियो । कार्यशालामा विभिन्न विद्यालयका विद्यार्थीदेखि नाम चलेका चित्रकारहरूको सहभागिता थियो । चित्रकला कार्यशालाको समापनमा सम्पूर्ण चित्रकारहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यशालाको उदघाटन समारोहका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विश्व शान्तिको कामना गर्दै खाली क्यानभासमा स्वयम्भूनाथ स्तूपको चित्र बनाएर कार्यशाला सुरु गरेका थिए । उनले यो कार्यक्रम नेपालको लागि निकै नौलो रहेको बताए । उनले डेल्फिक काउन्सिलको नेपाल च्याप्टर स्थापनाको छोटो समयमै भइरहेको यो कार्यशाला अत्यन्त महत्त्वपूर्ण रहेको र यसले नेपाललाई संसारमा चिनाउने विश्वास व्यक्त गरे ।

चित्रकला कार्यशालामा सहभागीहरूले एकसाथ तयार गरेको क्यानभास विभिन्न अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूमा नेपालको तर्फबाट प्रस्तुत गरिने आयोजक संस्था डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएल (बाबुराम अर्याल) ले बताए ।

नेसनल डेल्फिक काउन्सिल नेपालका उपाध्यक्ष तथा कार्यशालाका कार्यक्रम निर्देशक जीवनकुमार पराजुलीले कला क्षेत्रमा रुचि रहेका विद्यार्थी तथा कलाकारहरूको क्षमता प्रस्फुटन गरी अन्तर्राष्ट्रिय रूपमै पहिचान प्राप्त गर्ने एक खुड्किलोको पमा चित्रकला कार्यशालालाई लिएको बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ११ : ३९ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा