चुनावमा धाँधली गरेको भन्दै आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय | Khabarhub Khabarhub

चुनावमा धाँधली गरेको भन्दै आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार तीन वर्षको जेल सजाय सुनाएको छ ।

यस निर्वाचनमा सुकीको पार्टी अत्याघिक बहुमतका साथ विजय भएको थियो । सुकीलाई तीन वर्ष कडा परिश्रमसहितको जेल सजाय सजाय सुनाइएकोे स्रोतले जनाएको छ । ७७ वर्षीया नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्य अवस्था हालसम्म राम्रै रहेको बताइएको छ ।

भ्रष्टाचार र अन्य आरोपमा अदालतले दोषी ठहर गरेपछि गत वर्षदेखि हिरासतमा रहेकी सुकीलाई पहिले नै १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा पत्रकारहरूलाई प्रवेशमा रोक लगाइएको छ । सुकीका वकिलहरुलाई प्रेससँग वार्ता गर्न पनि रोकिएको छ ।

सेनाले नोभेम्बर २०२० को चुनावमा व्यापक जालसाजी भएको आरोप लगाएको थियो । यस चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो जित हासिल गरेको थियो । यद्यपि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताएका थिए ।

यद्यपी सेनाले त्यस चुनावको नतिजा रद्द गरेको थियो । सो चुनावमा ११ लाख भन्दा बढी जालसाजीका घटनाहरू पत्ता लगाएको पनि सेनाको एकपक्षीय दाबी रहेको थियो ।

गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि म्यानमार सङ्कटमा फसेको छ । देशको ठूलो हिस्सामा लडाइँ जारी छ भने अर्थतन्त्र खुम्चिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ०८ बजे

नासाले पत्ता लगायो- एक वर्षअघि मंगलग्रहमा भएको हेलिकप्टर दुर्घटनाको रहस्य

काठमाडौं– मंगल ग्रहमा पहिलो शक्तियुक्त उडान गरेर इतिहास रचेको नासाको

इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री

मुग्लिन – यहाँको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले

एमाले डोटीको अध्यक्षमा मलासी

डोटी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको अध्यक्षमा मञ्जु मलासी

टेलिग्राममा स्क्यामरको जालोभित्र नेपाली, ४५ करोड रुपैयाँभन्दा बढी ठगी

काठमाडौं – सामाजिक सञ्जाल टेलिग्राम सक्रिय स्क्यामर गिरोहले नेपाली प्रयोगकर्ताबाट

सशस्त्र प्रहरीले कारबाट बरामद गर्‍यो १९० केजी गाँजा

सुनसरी- सशस्त्र प्रहरीको टोलीले सुनसरीको धरानबाट १९० किलोग्राम गाँजा बरामद