विश्व इतिहासमा आज : पेरिस सन्धिदेखि ‘ईबे’को स्थापनासम्म « Khabarhub

विश्व इतिहासमा आज : पेरिस सन्धिदेखि ‘ईबे’को स्थापनासम्म


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ १८ गते शनिबार । सन् २०२२ को सेप्टेम्बर ३ तारिख । आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् १९९५ सेप्टेम्बर ३ मा पियरे ओमिड्यारले इन्टरनेट जायन्ट ‘ईबे’ को स्थापना गरेका थिए । सो कम्पनी अनलाईन बजार र बोलकबोल वेभसाइट ‘ईबेडटकम’ को प्रसिद्ध छ ।

सन् १९८१ सेप्टेम्बर ३ मा इजिप्टले सरकार विरुद्धमा रहेका १५०० जनालाई पक्राउ गरेको थियो ।

सन् १९७६ सेप्टेम्बर ३ मा ‘अमेरिकाको भाइकिङ २’  मंगल ग्रहमा अवतरण भएको थियो । अन्तरिक्ष यात्रीहरुको उपस्थिति नभएको सो विमानले मंगल ग्रहको पहिलो रङ्गीन तस्वीर खिचेको थियो ।

सन् १९७१ सेप्टेम्बर ३ मा कतार स्वतन्त्र भयो । ५५ वर्ष बेलायत साम्राज्यले शासन गरेपश्चात कतारले स्वतन्त्रता प्राप्त गरेको थियो ।

सन् १९६७ सेप्टेम्बर ३ मा लेफ्टिनेन्ट जनरल न्युयेन भान थिउ दक्षिण भियतनामको राष्ट्रपतिमा नियुक्त भएका थिए ।

सन् १९४३ सेप्टेम्बर ३ मा क्यालाब्रियामा अवतरण गरेसँगै बेलायती सेनाले इटाली अतिक्रमण गरेको थियो ।

सन् १९१८ सेप्टेम्बर ३ मा संयुक्त राज्य अमेरिकाले चेकोस्लोभाकियालाई राष्ट्रको मान्यता दिएको थियो ।

सन् १७८३ सेप्टेम्बर ३ मा बेलायत र संयुक्त राज्य अमेरिकाले पेरिस सन्धिमा हस्ताक्षर गरेका थिए । सो सन्धिपश्चात अमेरिकी क्रान्तिकारी युद्धको समाप्ति भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : २४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल