उत्तरगया गाउँपालिकाले थाल्यो बनुवा सडकको मर्मत « Khabarhub

उत्तरगया गाउँपालिकाले थाल्यो बनुवा सडकको मर्मत


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – वैकल्पिक मार्गलाई व्यवस्थित बनाई हल्का सवारी साधनको आवतजावतमा सहज बनाउन उत्तरगया गाउँपालिकाले बनुवा सडकको मर्मत कार्य सुरू गरेको छ ।

बनुवा घुम्तीबाट ठूलोबनुवा, हुर्रेडाँडा, चौकेटार हुँदै बोगटीटारसम्म करिब चार किमी दूरीको ग्रामीण सडक सञ्चालनको लागि दुई स्थानमा धमाधम ग्याबिन भर्ने काम अगाडि बढाइएको हो । ढाडे र गुहेखोलाको असहज स्थानमा ग्याबिन पर्खाल लगाउने काम ८० प्रतिशत पूरा भइसकेकाले ग्रामीण सडकको सतहमा ग्राबेल भर्न गाउँपालिकाको डोजर तथा टिपर तयारी अवस्थामा राखिएको उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बताए ।

भारी वर्षाको असरले बनुवा घुम्तीको पासाङल्हामु अन्तर्राष्ट्रिय मार्ग क्षति भएपछि बिरामी बोक्ने एम्बुलेन्स एवं हल्का सवारी साधनलाई सहजरूपले आवतजावत गराउन साँघुरो ग्रामीण सडकको उपयोग गर्न लागिएको बताउँदै उत्तरगया वडा नं ५ का वडाध्यक्ष यमनाथ आचार्यले ग्याबिन भर्ने काम अब एकदुई दिनमै सम्पन्न हुने जानकारी दिए ।

अबका दिनमा बोगटीटार, चौकेटार, बनुवा, कर्मिडाँडा हुँदै धैवुङकोटको ग्रामीण कृषि मार्ग निरन्तर सञ्चालन गराउने गृहकार्य भइरहेको वडाध्यक्ष आचार्यले जनाए । हल्का सवारी साधनका लागि सञ्चालनमा ल्याइएको तारूके, बेल्चौर आमभञ्ज्याङ खण्डको ग्रामीण सडकले मात्र धान्न नसक्ने अवस्था आएपछि ठूलोबनुवा हुँदै चौकेटारतर्फको ग्रामीण सडक सञ्चालनको सुधारात्मक कार्य अगाडि बढेको हो ।

पासाङल्हामु मार्गको नालीमा बग्ने पानी व्यवस्थापन नगर्दा बनुवा घुम्ती क्षेत्रको प्रमुख सडकमा ठूलो भाग क्षति भएको र मौखिकरूपको ठेक्काबाट अगाडि बढेको पुनःनिर्माणका काम पनि कछुवाको तालमा मात्र भइरहेको स्थानीय बासिन्दा बताउँछन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ७ : ५० बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले