‘नागरिकता विधेयक हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भयो’ « Khabarhub

‘नागरिकता विधेयक हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भयो’


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक संघीय संसदबाट हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले राष्ट्रपतिले सुझाव सहित नागरिकता विधेयक फिर्ता पठाएपनि त्यसलाई पुनः  हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भएको बताएका हुन् । 

उनले गठबन्धन दलले नागरिकता विधेयक हुबहु पारित गरेर मुलुकलाई अप्ठेरोमा धकेल्न खोजेको आरोप लगाए । त्यस्तै थापाले आगामी निर्वाचनबाट संसद्मा सम्मानजनक उपस्थिति हासिल गर्न सके हिन्दुराष्ट्र पुर्नस्थापनाको पक्षमा देशव्यापी आन्दोलन गर्ने जिकिर गरे । प्रमुख राजनीतिक दलको विकल्पमा फरक बिचार बोक्ने आफ्नो मात्रै पार्टी भएको उनको भनाई छ ।

थापाले ठूला भन्ने दलको असक्षमता, अदूरदर्शिताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा उभ्याउन सहयोग गर्नुपर्ने धारणा पनि राखे । 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ४ : ४० बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै