‘नागरिकता विधेयक हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भयो’ « Khabarhub

‘नागरिकता विधेयक हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भयो’


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक संघीय संसदबाट हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले राष्ट्रपतिले सुझाव सहित नागरिकता विधेयक फिर्ता पठाएपनि त्यसलाई पुनः  हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भएको बताएका हुन् । 

उनले गठबन्धन दलले नागरिकता विधेयक हुबहु पारित गरेर मुलुकलाई अप्ठेरोमा धकेल्न खोजेको आरोप लगाए । त्यस्तै थापाले आगामी निर्वाचनबाट संसद्मा सम्मानजनक उपस्थिति हासिल गर्न सके हिन्दुराष्ट्र पुर्नस्थापनाको पक्षमा देशव्यापी आन्दोलन गर्ने जिकिर गरे । प्रमुख राजनीतिक दलको विकल्पमा फरक बिचार बोक्ने आफ्नो मात्रै पार्टी भएको उनको भनाई छ ।

थापाले ठूला भन्ने दलको असक्षमता, अदूरदर्शिताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा उभ्याउन सहयोग गर्नुपर्ने धारणा पनि राखे । 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ४ : ४० बजे

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २२ गते सोमबार सन् २०२६