‘इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ’  « Khabarhub

‘इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ’ 


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताए । 

पूर्वप्रधानमन्त्री नेपालले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा इमानदार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए । गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँड हुने उनले बताए । विगतमा गठबन्धन दलहरूका उम्मेदवारले जितेको सिटका आधारलाई टेकेर बाँडफाँड हुने अध्यक्ष नेपालको धारणा थियो । 

अध्यक्ष नेपालले वर्तमान अवस्थामा गठबन्धन दल मिलेर जानु नै लोकतन्त्रको सुदृढीकरण, संघीयताको कार्यान्वयन, सुशासन र मुलुकका लागि फलदायी हुने बताए । ‘सिट बाँडफाँडको चाँडै टुङ्गो लाग्ने विश्वास छ’, उनले भने । अध्यक्ष नेपालले विगतमा नेकपा (एमाले) ले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशअनुसार नै वर्तमान सरकारले विधेयक ल्याएकाले यसको विरोध गर्नुको कुनै अर्थ नरहेको प्रष्ट पारे ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ४ : ४७ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै