पूर्वी रुसमा ज्वालामुखी चढ्न गर्न गएका छ जनाको मृत्यु | Khabarhub Khabarhub

पूर्वी रुसमा ज्वालामुखी चढ्न गर्न गएका छ जनाको मृत्यु


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी रुसको कामचट्का प्रायद्विपमा रहेको युरेसिया क्षेत्रकै सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन् । खराब मौसमका कारण उद्धारकर्ताहरू क्लुचेभस्काया सोप्का ज्वालामुखीमा रहेका अन्य ६ जना आरोहीसम्म पुग्न असमर्थ रहेको बीबीसीले जनाएको छ ।

आरोहीहरूमध्ये दुई जनाले समुद्र सतहबाट ३,३०० मिटर उचाइमा रहेको शिविरमा आश्रय लिएका र अन्य चार जनाले ४,००० मिटरको पालमा आश्रय लिएको विश्वास गरिन्छ ।

सबै आरोही रुसी नागरिक हुन् । दुई जना गाइडसहितको १२ जनाको समूहले मंगलबार ४ हजार ७५४ मिटरको शिखरमा आरोहण सुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ४ : ४२ बजे

प्रधानमन्त्रीले डाकिन् सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी

एकताको पक्षमा उभिए बामदेव, भन्छन् : माधव जहाँ जान्छन्, त्यहीँ जान्छु

काठमाडौं – नेकपा एकीकृत समाजावादीका नेता बामदेव गौतम माओवादी केन्द्रसँगको

विश्वकप लिग-२ : रोकिएन नेपालको हारको शृंखला, अमेरिकासँग चार विकेटले पराजित

काठमाडौं – आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा

कात्तिक १८ गते माओवादी– समाजवादीसहित सात पार्टीबीच एकता हुने

काठमाडौं – नेकपा माओवादी केन्द्रले छिटो भन्दा छिटो नेकपा एकीकृत