माओवादी सिन्धुपाल्चोक १ बाट सभामुखसँगै तीन जनाको नाम सिफारिस « Khabarhub

माओवादी सिन्धुपाल्चोक १ बाट सभामुखसँगै तीन जनाको नाम सिफारिस


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्र १ नम्बर प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनका लागि सभामुख सापकोटासँगै  सभामुखकै भतिज तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य  माधव सापकोटा सुबोध र महिला नेतृ फुलम लामा प्रज्ञा सिफारिस भएका छन् । सभामुख सापकोटाको नाम पहिलो  नम्बरमा सिफारिस गरिएको छ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट नेताहरू अरुण नेपाल, सुरेश नेपाल, भरत पराजुली र बादल तामाङको नाम सिफारिस भएको छ। गठबन्धनले सिट संख्या र क्षेत्र नटुंग्याएकाले यस क्षेत्रमा सापकोटा र बस्नेतमध्ये को उम्मेदवार हुने भन्ने निश्चित भने भइसकेको छैन ।

यसैगरी नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा १ मा समानुपातिक तर्फ समानुपातिकतर्फ पुण्यप्रसाद  पराजुली खस आर्य, विष्णुकुमार श्रेष्ठ आदिवासी जनजाति, पूर्णबहादुर तामाङ आदिवासी जनजाति, गणेश बिक दलित, पार्वती थामी अल्पसंख्यक सिफारिस भएका छन् ।

१ नम्बर प्रतिनिधि सभा प्रदेश सभा (क) तर्फ  प्रत्यक्षमा सरल सहयात्रीको एकल सिफारिसमा हुनुहुन्छ ।  समानुपातिकतर्फ राजकुमार पौडेल खस आर्य, लालकान्छा तामाङ आदिवासी जनजाति, ज्ञानेन्द्रबहादुर गुरुङ आदिवासी जनजाति,राजु खाती दलित, आशा गुरुङ शेर्पा  आदिवासी जनजाति ,सुन्दर पहरी अल्पसंख्यकबाट सिफारिसमा छन् ।

१ नम्बर प्रतिनिधि सभा प्रदेश सभा (ख) तर्फ  प्रत्यक्षमा  अम्बिका नेपाल , चन्द्र सापकोटा , टिएन सापकोटा, प्रताप सि तामाङ गरी चार जना सिफारिस भएका छन् । समानुपातिकतर्फ अमृता नेपाल खस आर्य, गोकर्णदास श्रेष्ठ आदिवासी जनजाति, पदम श्रेष्ठ आदिवासी जनजाति , सागर परियार दलित, सुभाष सुन्दाश दलित, टिकाराम पराजुली अपाङ्ग कोटामा सिफारिसमा परेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : १८ बजे

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै